+
+
Shares

मलेसिया जाने कामदार बढे, अभिमुखीकरण तालिम दिने संस्था थपिँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २० गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले मलेसिया जाने वैदेशिक कामदारहरूको संख्या वृद्धि भएपछि मलेसिया क्लष्टरमा अभिमुखीकरण तालिम दिने संस्थाहरूको संख्या बढाउने निर्णय गरेको छ।
  • वैदेशिक रोजगार विभागले मलेसिया जाने कामदारलाई तालिम दिन हालका तालिम प्रदायक संस्थाहरू अपुग देखिएपछि नयाँ संस्थाहरूलाई अनुमति दिन ३ दिनभित्र निवेदन आह्वान गरेको छ।
  • निवेदनका लागि मलेसियाको पाठ्यक्रम, योग्य प्रशिक्षकको बायोडाटा र क्लष्टर परिवर्तनको कारणसहितको स्वघोषणा आवश्यक रहेको विभागले जनाएको छ।

२० माघ, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारहरूको संख्यामा उल्लेख्य वृद्धि भएपछि सरकारले मलेसिया क्लष्टरमा अभिमुखीकरण तालिम दिने संस्थाहरूको संख्या थप गर्ने भएको छ ।

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै हाल सञ्चालनमा रहेका तालिम प्रदायक संस्थाहरू मात्रै मलेसिया जाने कामदारलाई तालिम दिन अपुग देखिएकाले नयाँ संस्थाहरूलाई अनुमति दिन लागिएको जनाएको हो ।

हाल अन्य देशका लागि तालिम सञ्चालन गरिरहेका तर, मलेसिया क्लष्टरमा स्थानान्तरण हुन चाहने इच्छुक संस्थाहरूलाई ३ दिनभित्र निवेदन दिन आह्वान गरिएको छ ।

विभागका अनुसार मलेसिया जाने कामदारको संख्या दिनप्रतिदिन बढ्दै जाँदा हालका तालिम केन्द्रहरूमा अत्यधिक चाप परेको छ । ‘अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६’ को मापदण्ड पूरा गरेका संस्थाहरूले मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

एआईबाट तयार गरिएको सांकेतिक फोटो ।

निवेदनका लागि मलेसियाको पाठ्यक्रम र तोकिएको योग्यता भएको प्रशिक्षकको बायोडाटा, विगतमा सञ्चालन गरेको तालिमका सम्बन्धमा विभागको अभिलेखमा कुनै कैफियत नदेखिएको स्वघोषणा र क्लष्टर परिवर्तन गर्न चाहेको कारणसहितको निवेदन दिनुपर्ने विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?