+

चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको मिति परिवर्तन

२०८२ माघ  २१ गते १३:११ २०८२ माघ २१ गते १३:११
चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको मिति परिवर्तन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल तेक्वान्दो संघले चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको मिति परिवर्तन गर्दै फागुन ४ देखि ८ गतेसम्म हुने जानकारी गराएको छ ।
  • प्रतियोगितामा नेपालसहित २० भन्दा बढी देशका १५०० भन्दा बढी महिला तथा पुरुष खेलाडी सहभागी हुने तेक्वान्दो संघले बताएको छ ।
  • प्रतियोगितामा क्याडेटदेखि सिनियर उमेर समूहका खेलाडीले ग्यरोगी र पुम्से दुवै विधामा ७४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

२१ माघ, काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा हुने चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको मिति परिवर्तन भएको छ ।

परिवर्तित मिति अनुसार प्रतियोगिता अब फागुन ४ देखि ८ गतेसम्म आयोजना हुने नेपाल तेक्वान्दो संघले जनाएको छ ।

यसअघि तेक्वान्दो संघले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १ देखि ६ गतेसम्म आयोजना हुने जनाएको थियो ।

चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२६ (डब्लु टी जी-१) तथा दोस्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता–२०२६ (डब्लु टी जी-१) एकै साथ हुनेछ ।

प्रतियोगितामा नेपालसहित करिब २० भन्दा बढी देशका १५ सयभन्दा बढी महिला तथा पुरुष खेलाडी सहभागी हुने तेक्वान्दो संघले जानकारी गराइसकेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरका ठूला प्रतियोगिता आयोजना गरी नेपाली खेलाडीलाई अवसर प्रदान गर्ने, खेलकुदमार्फत अन्तर्राष्ट्रिय मित्रता विकास गर्ने र पर्यटन प्रवर्धनमा टेवा पुर्‍याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको नेपाल तेक्वान्दो संघले जनाएको छ।

यसअघि सन् २०११ र २०१३ मा काठमाडौँमा तथा सन् २०२२ मा पोखरामा यस प्रतियोगिताका अघिल्ला संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

विश्व तेक्वान्दो महासंघबाट वरियताको मान्यता प्राप्त (डब्लु टी जी-१) प्रतियोगिता भएकाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार र व्यवस्थापन गरिएको आयोजकको भनाइ छ ।

प्रतियोगिताको लागि नाम दर्ता गर्ने अन्तिम मिति माघ २७ गतेसम्म रहेको छ ।

ग्यरोगी (फाइट) र पुम्से (फर्म) दुवै विधामा क्याडेट (१२–१४ वर्ष) देखि सिनियर (१८ वर्ष माथि) सम्मका उमेर तथा तौल समूहमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा कुल ७४ स्वर्ण पदक का लागि खेल हुनेछ।

 

चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय