+
+
Shares

जथाभावी पार्किङमा राखिएका १५ बस कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १३:५२

२१ माघ, काठमाडौं । जथाभावी पार्किङमा राखिएका १५ वटा बसलाई प्रहरीले कारबाही गरेको छ ।

बाटो इजाजत अनुसारको गन्तव्यसम्म नगई जथाभावी पार्किङ गरी राखिएका १५ वटा लामो रुटका रात्रिकालीन बसलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिए ।

लामो रुटका रात्रिकालीन बसलाई विशेष चेकिङ गर्दा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर यातायात व्यवस्था ऐन २०४९ को दफा ७५ अनुसारको कसुरमा सोही ऐनको दफा १६० को उपदफा २ ख अनुसार कारबाही गरिएको उनले बताए ।

उनका अनुसार उक्त कसुर विपरीत काम गर्ने सवारी साधनलाई १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिबाना गर्न सकिने कानुनी व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?