२१ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले अभौतिक सांस्कृतिक सम्पदा विधेयकको नाम फेर्न सुझाव दिएकी छिन् ।
बुधबार विधायन व्यवस्थापन समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले विधेयकमा गुठी व्यवस्थापन, विगतमा चलिआएका अव्यवहारिक मौलिक परम्परालाई हटाउने लगगायतका कुरा ठोस रुपमा नआएकोमा पनि असन्तुष्टी जनाइन् ।
कालिगण्डकी नदी र त्यससँग जोडिएको सभ्यतालाई अभौतिक सम्पदाको परिभाषाभित्र राख्न नमिल्ने तर्क उनको थियो ।
‘सलल बग्ने कालिगण्डकी अभौतिक हुन सक्दैन, उ त गतिशील छ, बगिरहेकै छ । हरेक सम्पदा तथा परम्परालाई समुदायले चलायमान बनाईरहेको हुन्छ, भाषा, रितिरिवाज, शैलीहरु समुदायका चलायमान हुन्छन् । त्यसोभएको हुनाले यसलाई अभौतिक भनेर नाम दिन मिल्छ भन्ने लाग्दैन,’ उनले भनिन् ।
कालिगण्डकी सभ्यता, तीर्थस्थल र सालीग्राम संरक्षण यही विधेयकको दायराभित्र स्पष्ट रूपमा समेटिनुपर्ने उल्लेख गरिन् ।
‘हाम्रो कालीगण्डकी, देवघाटदेखि मुक्तिनाथसम्मका तीर्थस्थलहरू र त्यहाँ पाइने शालिग्राम यी सबै हाम्रा संरक्षण गर्नुपर्ने सम्पदा तथा संस्कृति हुन्,’ उनले भनिन् ।
प्रतिक्रिया 4