+
+
Shares

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपा नेता जन्मदेव जैसीले जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १०:१३

२२ माघ, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ ।

निकटस्रोतका अनुसार उनको स्वास्थ्य केही दिनयता जटिल बनेको थियो । त्यसपछि बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचाररत रहँदा उनको निधन भएको हो ।

स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपा नेता जन्मदेव जैसीले जनाएका छन् ।

डा. भट्टराईको सचिवालयका अनुसार, उनको अन्त्यष्टि आज बिहान ११ बजे पशुपति विद्युत् शवदाह गृहमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?