+
+
Shares

कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २४ गते १७:१०

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरेका छन् ।

शनिबार आयोजित चुनावी सभामा बोल्दै क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले देशलाई रुपान्तरण गर्ने गरी कांग्रेसको नीति र नेतृत्व परिवर्तन भएको उल्लेख गरे ।

‘म कांग्रेसका तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु–तपाईंले भनेजस्तो कांग्रेस बनेको छ । तपाईले कांग्रेसमा जस्तो रुपान्तरण खोज्नुभएको छ । का‌ंग्रेसमा त्यो रुपान्तरण भएको छ । अब रुपान्तरित कांग्रेसले देशको रुपान्तरण गर्न चाहन्छ । त्यसको निम्ति मत दिएर बल प्रदान गर्नुस् । मत दिएर तागत प्रदान गर्नुस्,’ उनले भने ।

देशको रुपान्तरण गर्नका लागि आफ्नो पार्टीलाई मतदान गर्न पनि आम मतदातालाई अपिल पनि गरे । पार्टीका नेता, कार्यकर्ताहरूलाई पनि देशको रुपान्तरणका लागि कांग्रेसको पक्षमा मतदान गराउनका लागि केन्द्रित भएर लाग्न सचेत गराए ।

‘राजनीतिमा परिपक्वता भएन, आवेग मात्रै भयो भने देश सही बाटोरित जान सक्दैन । निर्णय सही ढंगबाट हुन सक्दैन । खासगरी अहिले कांग्रेसको नेतृत्व गरिरहेको हामीहरू पनि पछिल्लो पुस्ताकै हौ तुलनात्मक हिसावबाट । तर हावी के दाबी गर्छौं भने नेपालमा परिवर्तन गर्ने नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने आन्दोलनमा केटाकेटीदेखि नै लागेका मान्छे हौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?