२५ माघ, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)को निर्वाचन सेलको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतलाई दिइएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एसएसपी बस्नेतलाई निर्वाचन सेलको कमाण्डर बनाइएको हो । यी तीन जिल्लाहरुको रिपोर्टिङ लिने, आवश्यकताअनुसार जनशक्ति परिचालन, थप मद्दत पठाउनेदेखि आवश्यक रणनीति बनाउनेसम्मका कामहरु हुने बताइएको छ ।
बस्नेत यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा कार्यरत थिए । टेकुबाट सरुवा भएर उनी उपत्यका प्रहरी कार्यालय रानिपोखरी पुगेका थिए ।
उत्यकाको तीन जिल्लाको समग्र कमाण्ड भने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)ले गर्दै आएका छन् । जहाँ अहिले एआईजी ईश्वर कार्की कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4