+
आईसीसी टी-२० विश्वकप :

मुम्बइमा इंग्ल्याण्डविरुद्ध खेल हेर्न उत्साहित नेपाली समर्थक

२०८२ माघ  २५ गते १२:५८ २०८२ माघ २५ गते १२:५८

नेपालको खेल सवा ३ बजे मुम्बइको वाङ्खडे स्टेडियममा सुरु हुनेछ ।

मुम्बइमा इंग्ल्याण्डविरुद्ध खेल हेर्न उत्साहित नेपाली समर्थक

२५ माघ, मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्यान्डसँग खेल्दै छ ।

पहिलो खेल हेर्ने नेपाली समर्थकहरु उत्साहित भएका छन् । शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भइसकेका छन् र तीनवटै खेलमा एशोसिएट टोलीले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएका थिए ।

आज हुने खेलामा पनि नेपालले इंग्ल्याण्डलाई जितेर सुखद सुरुआत दिलाउने अपेक्षासहित समर्थकहरु स्टेडियममा पुगिसकेका छन् । आज पहिलो खेल न्युजिल्याण्ड र अफगानिस्तानबीच भएको छ । नेपाली समर्थकहरु भने उत्साहित हुँदै नेपालको खेल सुरु नहुँदै स्टेडियममा पुगेका छन् ।

नेपालको खेल सवा ३ बजे मुम्बइको वाङ्खडे स्टेडियममा सुरु हुनेछ ।

 

  

   

आईसीसी टी२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय