News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले लिभरपुललाई २-१ गोलअन्तरले पराजित गरेको छ।
- खेलको इन्जुरी समयमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत निर्णायक गोल गरे।
- सिटीको २५ खेलमा ५० अंक हुँदा आर्सनलको ५६ अंक छ र लिभरपुल छैटौं स्थानमा छ।
२५ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लिभरपुलमाथि पुनरागमन जित हासिल गरेको छ ।
सिटीले लिभरपुललाई उसैको मैदानमा २-१ गोलअन्तरले पराजित गरेको हो । खेलको उत्तरार्द्धतिर सबै गोल भएका थिए ।
लिभरपुलले ७४औं मिनेटमा डोमिनिक सोबोस्लाइको गोलमार्फत अग्रता लिएको थियो । ८४औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याए ।
इन्जुरी समयको तेस्रो मिनेटमा एर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गर्दै सिटीलाई जित दिलाए ।
लामो समय चलेको इन्जुरी समयको १३औं मिनेमा सोबोस्लाइले रातो कार्ड समेत पाएका थिए ।
जितपछि सिटीले शीर्षस्थानको आर्सनलसँग अंकदूरी घटाएको छ । सिटीको २५ खेलमा ५० अंक छ । शीर्षस्थानको आर्सनलको ५६ अंक छ ।
पराजित लिभरपुल ३९ अंक जोडेर छैटौं स्थानमा छ ।
प्रतिक्रिया 4