२८ माघ, काठमाडौं । सोमबार सार्वजनिक भएको २०२६ को ‘म्युनिख सुरक्षा रिपोर्ट’ ले दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्था योजनाबद्ध रूपमा भत्किँदै गएको कडा चेतावनी दिएको छ ।
६२औँ म्युनिच सुरक्षा सम्मेलनको पूर्वसन्ध्यामा प्रकाशित यस रिपोर्टले अमेरिकी विदेश नीतिमा आएको आमूल परिवर्तनलाई औँल्याएको छ। रिपोर्टका अनुसार, हालको अमेरिकी प्रशासनले अन्तर्राष्ट्रिय प्रणालीका मुख्य तत्त्वहरूलाई त्यागेको छ ।
रिपोर्टले विशेष रूपमा विश्व स्वास्थ्य सङ्गठन र जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका बाहिरिएको कुरा उल्लेख गरेको छ। अमेरिकाको यो नीतिका कारण युरोपेली सहयोगी राष्ट्रहरूसँगको सम्बन्धमा गहिरो दरार पैदा भएको छ र युरोपेलीहरूले अमेरिकालाई “अपरिचित” राष्ट्रका रूपमा हेर्न थालेका छन् ।
रिपोर्टले वासिङ्टनमाथि आफूले नै बनाएका विश्व व्यापारका नियमहरू उल्लङ्घन गरेको आरोप लगाएको छ। सन् २०२५ को अप्रिलमा राष्ट्रपति ट्रम्पले ‘मुक्ति दिवस’ को घोषणा गरेपछि अमेरिकाले करिब हरेक देशका सामानमाथि भारी भन्सार शुल्क लगाएको छ ।
औसत भन्सार दर १५ प्रतिशत पुगेको छ, जुन १९३० को दशकपछिकै उच्च हो र अघिल्लो वर्षको तुलनामा करिब आठ गुणा बढी हो ।
म्युनिख सुरक्षा सम्मेलनका अध्यक्ष वोल्फगाङ इसिन्गरले युरोपेली सुरक्षा र ट्रान्सएटलान्टिक साझेदारीका विषयमा यति धेरै मौलिक प्रश्नहरू एकैसाथ कहिल्यै नउठेको बताएका छन् ।
प्रतिक्रिया 4