+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

जेनजी आन्दोलनमा घुसेर अपराधीले देश जलाए : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेको आन्दोलनमा भएको आगजनी जेनजीले नभई अपराधीहरूले गरेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ३ गते १६:३८

३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गतेको आन्दोलनमा भएको आगजनी जेनजीले नभई अपराधीहरूले गरेको बताएका छन् ।

आज झापास्थित दमक नगरपालिका-२ मा नेपाल शिक्षक संगठनले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘जेनजी एउटा उमेर समूह हो । यो समूहका युवा पुस्ताको आन्दोलनमा घुसेर गरेर अपराधीले मुलुक जलाएका हुन् । शिक्षक, विद्यार्थीले देश जलाएका होइनन्’ ओलीले भने ।

केही महिनाअघि भएको शिक्षकहरूको आन्दोलन र मागका विषयमा ओलीले आफू प्रधानमन्त्री हुँदा प्रयास गरेको बताए ।

‘शिक्षकहरुको संयुक्त आन्दोलनमा विभिन्न आस्थाका आधारममा फरक-फरक माग दृष्टिकोणबाट आएको थियो । जुन सहज रुपमा आएन । शिक्षहरुका माग सम्बोधन गर्न शिक्षा मन्त्रीलाई नै जिम्मा दिइएको थियो,’ उनले भने, ‘आन्दोलनमा काँग्रेस र माओवादी विचारमा आवद्ध शिक्षकहरुले लगातार सरकार र प्रधानमन्त्रीको मात्र विरोध गरिरहेकाले आन्दोलनले सही निकास दिन सकेन ।’

ओली चार दिन काठमाडौं बसेर आजै झापा (निर्वाचन क्षेत्र) फर्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?