+
+
Shares

जुलुस र आमसभा गर्नुअघि अनुमति अनिवार्य

जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै राजनीतिक दल, उम्मेदवार र भातृ संगठनहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

रामबहादुर रोकाहा रामबहादुर रोकाहा
२०८२ फागुन ३ गते २१:०९

३ फागुन, स्याङ्जा । आसन्न प्रतिनिधिसभा निर्वाचनलक्षित जुलुस, आमसभा वा भेला गर्नुअघि अनिवार्य रूपमा अनुमति लिन स्याङ्जा प्रशासनले आग्रह गरेको छ  । निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिताअनुसार चुनावी प्रचारप्रसार कार्यक्रम गर्नुअघि अनिवार्य अनुमति लिन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आह्वान गरेको हो ।

आयोगले निर्वाचनका लागि फागुन ४ गते, अर्थात् भोलिबाट जुलुस, आमसभा, कोणसभा तथा घरदैलो कार्यक्रम सञ्चालन गर्न पाइने जनाइएको छ । यद्यपि, दल तथा उम्मेदवारले त्यसअघि नै प्रचारप्रसार थालिसकेका छन् ।

जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै राजनीतिक दल, उम्मेदवार र भातृ संगठनहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न अनुरोध गरेको छ । विशेषगरी सार्वजनिक स्थलमा कुनै पनि प्रकारको जुलुस वा सभा आयोजना गर्नुभन्दा कम्तीमा २४ घण्टा अगावै मिति, समय, मार्ग र स्थान खुलाएर जानकारी गराइ अनुमति लिन सूचनामार्फत् आग्रह गरिएको छ ।

अनुमतिका लागि दल वा उम्मेदवारका अख्तियारप्राप्त प्रतिनिधिले जिल्ला प्रशासन कार्यालय स्याङजामा निवेदन दिन सक्ने जनाइएको छ । साथै कार्यालयको इमेल ठेगानामार्फत पनि निवेदन दर्ता गर्न सकिने स्याङ्जा प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?