+
+
Shares

‘सिड्नी होली धमाका’ आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिड्नीमा सगुन ग्रुपले २८ फेब्रुअरीमा ग्रानभिल पार्कमा निःशुल्क 'सिड्नी होली धमाका' कार्यक्रम आयोजना गर्ने जनाएको छ।
  • कार्यक्रममा करन भट्ट, डिजे नटकेस, मुक्ति एण्ड रिभाइभलका ड्रमर निखिल तुलाधर लगायत स्थानिय कलाकारको प्रस्तुति रहनेछ।
  • सगुन ग्रुपले अबदेखि अष्ट्रेलियामा होली कार्यक्रम हरेक वर्ष निरन्तरता दिने योजना बनाएको छ।

सिड्नी (अस्ट्रेलिया) । रङको पर्ब मानिने होली नजिकिँदै गर्दा यस सम्बन्धि बिभिन्न कार्यक्रमको आयोजना हुने क्रम पनि बढ्न थालेको छ । नेपालसँगै प्रवासमा पनि होलीसँग सम्बन्धित कार्यक्रम धमाधम हुन थालेका छन् ।

सिड्नीमा पनि ‘सिड्नी होली धमाका’ हुने भएको छ । सगुन ग्रुपले प्रस्तुत गर्ने यो कार्यक्रम २८ फेब्रुअरीमा सिड्नीको ग्रानभिल पार्कमा आयोजना गरिने भएको छ ।

निःशुल्क कार्यक्रम आयोजना हुने सगुन ग्रुपका सञ्चालक भूषण कक्षपतिले जानकारी दिए । करन भट्ट, डिजे नटकेस, मुक्ति एण्ड रिभाइभलका ड्रमर निखिल तुलाधर लगायत स्थानिय कलाकारको बिभिन्न प्रस्तुति समेटिने भएका छन ।

लामो समयदेखी नेपाली स्वाद र परिकारलाई नेपालबाट लगेर अस्ट्रेलियामा फैलाईरहेको सगुन ग्रुपले अबदेखि अष्ट्रेलियामा होली कार्यक्रमको आयोजनालाई हरेक बर्ष निरन्तरता दिने कक्षपतिले बताए ।

कार्यक्रमको इन एसोसिएसन विथ अर्बन नेप्लिज कम्यूनिटी र इभेन्ट मेनेज्मेन्ट वाई उषा किरण बारिया छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?