+
+
Shares

सलमानका पिता सलीमको पछिल्लो स्वास्थ्य अवस्था कस्तो छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ६ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड सुपरस्टार सलमान खानका बुबा सलीम खानलाई मुम्बईको लीलावती अस्पतालमा उच्च रक्तचाप र झट्काका कारण भेन्टिलेटरमा राखिएको थियो।
  • लीलावती अस्पतालका डा. जलील पार्करले सलीम खानको अवस्था गम्भीर नभएको, भेन्टिलेटर सुरक्षाका लागि मात्र राखिएको र प्रक्रिया सफल भएको बताए।
  • सलीम खानलाई मस्तिष्कमा सामान्य सानो हेमरेज भएको थियो, तर शल्यक्रिया आवश्यक नभएको र अवस्था स्थिर रहेको डा. पार्करले जानकारी दिनुभयो।

मुम्बई । बलिउड सुपरस्टार सलमान खानका बुबा तथा चर्चित पटकथा लेखक सलीम खानलाई केही दिनअघि मुम्बईको बान्द्रास्थित लीलावती अस्पतालमा भर्ना गरिएको थियो । केही रिपोर्टमा उनलाई चक्कर लागेको बताइएको थियो भने केहीमा उच्च रक्तचापका कारण अस्पताल लगिएको दाबी गरिएको थियो ।

उनको अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखिएको र शल्यक्रिया हुने तयारी भएको भन्ने खबर पनि फैलिएको थियो । तर अहिले लीलावती अस्पतालका डा. जलील पार्करले सलीमको स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी सार्वजनिक गरेका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै फोक्सो रोग विशेषज्ञ डा. जलील पार्करले भने :

‘हिजो बिहान उहाँ (सलीम खान) लाई लीलावती अस्पतालमा भर्ना गरिएको हो । उहाँलाई उहाँकै पारिवारिक चिकित्सक डा. सन्दीप चोपडाले अस्पताल ल्याउनुभएको थियो । क्यासुअल्टीमा जाँच गरेर केही औषधि दिएपछि हामीले उहाँलाई आईसीयूमा राख्नुपर्ने आवश्यक देख्यौं र त्यहाँ सार्‍यौं । उहाँलाई झट्का जस्तो भइरहेको थियो र रक्तचाप पनि उच्च थियो, त्यसका लागि उपचार गर्‍यौं । केही जाँच गर्नुपर्ने भएकाले उहाँलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटर सुरक्षाका लागि मात्र राखिएको हो, ताकि अवस्था बिग्रिन नदियोस् । त्यसैले विभिन्न च्यानलहरूमा जस्तो भनिएको छ, उहाँको अवस्था त्यति गम्भीर थिएन ।’

डा. पार्करले थप जानकारी दिँदै भने, ‘भेन्टिलेटरमा राखेपछि हामीले एमआरआई, सीटी स्क्यान र रक्त परीक्षणजस्ता आवश्यक जाँचहरू गर्‍यौं । आज बिहान न्यूरोसर्जन डा. नितिन डाङ्गेले डीएसए नामको एउटा प्रक्रिया गर्नुभयो ।’

बिरामीको गोपनीयताका कारण उनले प्रक्रियाको विस्तृत विवरण दिन अस्वीकार गरे । उनले परिवारको निर्देशनअनुसार यत्तिमात्र जानकारी दिन सकिने भन्दै भने, ‘प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । उहाँ ठीक हुनुहुन्छ, अवस्था स्थिर छ । अहिले उहाँलाई आईसीयूमा सारिँदैछ र सम्भवतः भोलिसम्म भेन्टिलेटर हटाइनेछ । समग्रमा उहाँ राम्रो अवस्थामा हुनुहुन्छ । उमेरका कारण रिकभरीमा अलि समय लाग्छ, तर भगवानको कृपाले भोलिसम्म भेन्टिलेटरबाट हट्ने आशा छ ।’

डा. पार्करले सलीम अस्पताल आउँदा पूर्ण सचेत र फिट देखिएको पनि बता । मस्तिष्कमा रक्तस्राव भएको भन्ने रिपोर्टबारे उनले भने, “सामान्य किसिमको सानो हेमरेज भएको थियो, जसलाई हामीले नियन्त्रणमा लिइसकेका छौं । कुनै शल्यक्रियाको आवश्यकता छैन ।’

भारतीय संचारमाध्यमका अनुसार उनका निकट आफन्त र सेलिब्रेटी लीलावती अस्पतालमा पुगेर सलीमलाई स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?