News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड सुपरस्टार सलमान खानले शनिबार ६० औं जन्मदिन पनवेल फार्महाउसमा परिवार र साथीभाइसँग भव्यरुपमा मनाएका छन्।
- सलमानले जन्मदिनमा 'रेड एन्ड ह्वाइट' केक काटेका भिडियोहरू सामाजिक सञ्जालमा सेयर भएका छन्।
- सलमानको आगामी फिल्म 'ब्याटल अफ गलवान' सन् २०२० को गलवान उपत्यकाको झडपलाई प्रस्तुत गर्नेछ।
मुम्बई । बलिउड सुपरस्टार सलमान खान शनिबार ६० औं जन्मदिन मनाउँदैछन् । यस अवसरमा गएराति उनले पनवेल फार्महाउसमा साथीभाइ र परिवारको उपस्थितिमा भव्यरुपमा आफ्नो जन्मदिन मनाए ।
पार्टी सुरु हुनुभन्दा अगाडि, अभिनेताले पापाराजीसँगै जन्मदिनको केक काटे र रमाइलो गरे । शुक्रबार राति, उनका बुबा सलीम खानदेखि अभिनेत्री हुमा कुरेशीसम्म धेरै पाहुनाहरू बर्थडे पार्टीमा पुगे ।
मध्यरात हुनासाथ, सलमान कडा सुरक्षा व्यवस्थामा आफ्नो फार्महाउसबाट बाहिर निस्के र पापाराजीहरूसँगको विशेष क्षणसहित छोटो उत्सव मनाए । सलमानले ‘रेड एन्ड ह्वाइट’ रङको केक काटेको भिडियोहरू सामाजिक सञ्जालमा सेयर भैरहेका छन् ।
अभिनेता जन्मदिनमा सामान्य पोशाकमा देखिए । उनी नीलो डेनिमसँग जोडिएको कालो टी-शर्टमा सजिएका देखिए । बाहिर निस्कँदा उनले आफ्नो क्लिन सेभन लुक देखाएका थिए । यो लुक उनको आउँदो फिल्म ‘ब्याटल अफ गलवान’ को रहेको जनाइएको छ ।
जन्मदिन समारोहमा अन्य बलिउड स्टारहरू पनि पुगे । अभिनेता रणदीप हुड्डा श्रीमती लिन लैशरामसँग पुगेका थिए भने जेनेलिया देशमुख आफ्ना छोराहरू रियान र राहिलसँग गएकी थिइन् । एमएस धोनी र साक्षी, तब्बु, करिश्मा कपूर, रमेश तौरानी, महेश मांजरेकर, संगीता बिजलानी जस्ता सेलिब्रेटीहरू पनि देखिए ।
सलमानलाई पछिल्लो पटक फिल्म ‘सिकन्दर’ देखिएको थियो, जुन अपेक्षित प्रतिक्रिया प्राप्त गर्न असफल भयो । उनले आर्यन खानको निर्देशनमा बनेको डेब्यू वेब-शो ‘द ब्याड्स अफ बलिउड’ मा केमियो भूमिका निर्वाह गरेका थिए । ‘बिग बोस १९’ पनि होस्ट गरेका थिए ।
उनी रिलिज तयारीमा रहेको “ब्याटल अफ गलवान’ मा देखिनेछन् । चित्रांगदा सिंहको पनि अभिनय रहेको यो फिल्मले सन् २०२० मा भारतीय र चिनियाँ सेना बीचको गलवान उपत्यकाको झडपलाई प्रस्तुत गर्नेछ ।
#WATCH | Panvel, Maharashtra | Actor Salman Khan cuts a cake as he celebrates his 60th birthday today. pic.twitter.com/8k3MqjpPWF
— ANI (@ANI) December 26, 2025
प्रतिक्रिया 4