News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउडका तीन खान शाहरुख, सलमान र आमिर साउदी अरबको रियादमा आयोजित कार्यक्रममा एकसाथ सहभागी भएका थिए।
- सलमानले बलोचिस्तान र पाकिस्तानको अलग-अलग नाम लिएका थिए जसले विवाद उत्पन्न गर्यो।
- पाकिस्तान सरकारले सलमानलाई आतंकवादी घोषणा गरेको भनिएको नक्कली पत्र भाइरल भयो र फ्याक्ट चेकमा त्यो पत्र नक्कली पाइएको छ।
काठमाडौं । केही साताअघि बलिउडका तीन खान शाहरुख, सलमान र आमिर साउदी अरबको रियादमा आयोजित एक कार्यक्रममा एकसाथ सहभागी थिए ।
युट्युब स्टार मिस्टर बिस्टले यी तीन खानसँगको फोटो सेयर गर्दै सबैलार्ई आश्चर्यचकित तुल्याएका थिए । सोही क्रममा सलमानले पाकिस्तानभित्रको विवादित क्षेत्र बलोचिस्तानबारे टिप्पणी गरेका थिए ।
बलोचिस्तानका कट्टरपन्थीले पाकिस्तानसँग अलग भएर बेग्लै मुलुक बनाउनुपर्ने माग राखेको दशकौं भयो । यस्तोमा, सलमानले बलोचिस्तान र पाकिस्तानको अलग-अलग नाम लिएका थिए ।
उनको अभिव्यक्तिले आगोमाथि घिउ थप्यो । पाकिस्तानी संचारमाध्यमदेखि सर्वसाधारणले सलमानको अभिव्यक्तिमा आपत्ति जनाए । मसला यत्तिकैमा रोकिएन, सामाजिक सञ्जालमा भ्रम फैलाउने किसिमका खबर पनि आए ।
यतिसम्मकी पाकिस्तान सरकारले सलमानलाई आतंकवादी घोषणा गरेको भनिएको एक नक्कली पत्र पनि ब्यापक भाइरल भयो । उक्त पत्रकै आधारमा भारतीय मिडियाले समाचार बनाए । फ्याक्ट चेकको क्रममा उक्त पत्र नक्कली भएको पाइएको छ ।
उक्त पत्र डिजिटलरुपमा तयार गरिएको र यसलाई कुनैपनि पाकिस्तानी सरकारी नियोगले पुष्टि नगरेको जनाइएको छ ।
फिल्मको कुरा गर्दा, सलमानलाई उनको आगामी फिल्म ‘ब्याटल अफ गलवान’मा देख्न सकिन्छ । गलवान घाँटीमा भारतीय र चिनियाँ सेनाबीचको झडपको कथावस्तुबारे बन्ने उक्त फिल्ममा सलमानले एक भारतीय सैनिक अफिसरको भूमिका निर्वाह गर्नेछन् ।
प्रतिक्रिया 4