+
+
Shares

सप्तरीमा अपहरणमा परेकी ७ वर्षीया बालिकाको उद्धार, एक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १७:०३

८ फागुन, सप्तरी । सप्तरीमा अपहरणमा परेकी एक बालिकाको सकुशल उद्धार गर्दै प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

अपहरणमा परेकी खडक नगरपालिका– ८ बिसनपुर निवासी ७ वर्षीया नेहा खातुनको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अपहरणपछि फिरौती माग्ने सोही नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलका ३० वर्षीय ईम्तियाज अहमद पक्राउ परेका हुन् ।

बिहीबार साँझ रुपनी गाउँपालिका वडा नम्बर– १ स्थित खाँडोबाट ईम्तियाज अहमदलाई नियन्त्रणमा लिई नेहालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिए ।

मंगलबार साँझ घरबाट हराएकी नेहाको खोजीका लागि उनको परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी उपरीक्षक केसीका अनुसार अपहरण गर्ने ईम्तियाजले बिहीबार बालिकाको बुवा इमरान खानलाई फोन गरी फिरौती लिएर रुपनी गाउँपालिका १ स्थित खाँडो खोला बोलाएका थिए ।

नियन्त्रणमा लिईएको ईम्तियाज अहमदलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?