+

माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी दिलिकालाई स्वर्ण

२०८२ फागुन  ८ गते २०:१० २०८२ फागुन ८ गते २०:१०
माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी दिलिकालाई स्वर्ण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालकी दिलिका भ्लोनले चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा महिला ५९ केजी तौल समुहमा स्वर्ण पदक जितेकी छन्।
  • जुनियर पुरुष ४८ केजीमुनिको तौल समूहमा नेपालका इमोन रानाले फाइनलमा भारतको अहमद तहनलाई पराजित गरी स्वर्ण पदक जितेका छन्।
  • प्रतियोगितामा नेपालसहित २३ राष्ट्रका एक हजार दुई सय खेलाडी सहभागी छन् भने नेपाल तेक्वान्दो संघले आयोजना गरेको छ।

८ फागुन, काठमाडौं । नेपालकी दिलिका भ्लोनले चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् ।

राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको मिसन २०२६ को राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी दिलिकाले महिला ५९ केजी तौल समुहमा भारतकी शाही आरुषि नागालाई फाइनलमा पराजित गरी स्वर्ण पदक जितेकी हुन् । यस तौल समुहमा नेपालकी सृष्टि विक र सरस्वती भुजेलले कांस्य पदक जिते ।

नेपाल तेक्वान्दो संघको आयोजनामा सोमबारदेखि सञ्चालन भइरहेको प्रतियोगिताको जुनियर पुरुषको ४८ केजीमुनिको तौल समूहमा नेपालका इमोन रानाले फाइनलमा भारतको अहमद तहनलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । सो तौल समूहमा नेपालकै रिजन पाण्डे र बविन सुनारले कांस्य पदक जिते ।

यसैगरी पुरुष ४५ केजी मूनिको तौल समूहमा नेपालका ललित राना मगरले फाइनलमा नेपालकै सुभाष धामीलाई पराजित गरी स्वर्ण पदक जित्न सफल भए । यस तौल समूहमा भारतका हर्षित आनन्ध र नेपालका रहमान सल्मानीले कांस्य पदक हासिल गरे ।

पुरुष ५१ केजी मूनि नेपालको समिर कुँवारले फाइनलमा नेपालको विलुक्स मल्ललाई पराजित गर्दै स्वर्ण पदक जिते । भारतका आयुष सिंह र नेपालका अजय घर्ती क्षेत्रीले कांस्य पदक हासिल गरे ।

पुरुष ५५ केजी मूनि भारतको अभय कुमार सहनीले फाइनलमा भारतकै देवर्षी तालुकदारलाई पराजित गर्दै स्वर्ण पदक जिते । नेपालका लक्ष्मण थिङ्ग र करण डोलीले कांस्य पदक हासिल गरे ।

त्यसैगरी पुरुष ५९ केजी तौल समुह मूनि नेपालको किरण लामाले भारतको प्रजित सैकियालाई पाराजित गरी स्वर्ण पदक हात पारे भने सो तौल समुहामा नेपालका प्रज्वाल कवास र प्रिन्स विश्व कर्माले कास्य पदक जितेका छन् ।

पुरुष ७८ केजी तर्फ भुटानको सोनाम चोपहेलले नेपालका केवाई राईलाई फाइनल खेलमा पराजित गरी स्वर्ण पदक जितेका छन् भने सो तौल समुहमा नेपालका अंकित जंक थापाले कास्य पदक जिते ।

जुनियर पुरुष ६३ केजी तौल समुहमा नेपालको रिन्छिन तामाङ्गले नेपालका विशेष सिंहलाई फाइनल खेलमा पराजित गरी स्वर्ण पदक जिते भने कास्य पदकमा नेपालकै एलिस माझी र अपिल गुरुङ्गले जिते ।

जुनियर पुरुष ६८ केजी मूनि नेपालका बदल तिवारीले स्वर्ण पदक, भारतका मीरहश्मी सैयद कास्यमा चित्त बजाए भने कास्य पदकमा भारतका तुमुङ मार्शल र नेपालको अविनामार पौडेलले जिते ।

जुनियर पुरुष ७३ केजी मूनि नेपालका विकास वि.कले नेपालकै नितेश भण्डारीलाई फाइनलखेलमा पराजित गरी स्वर्ण पदक हात पारे भने सो तौल समुहमा नेपालका आयुष कार्की र आभाष मोक्तानले कास्य पदक जितेका छन् ।

जुनियर पुरुष ७८ केजी मूनि तौल समुहमा नेपालका लबरोक्की क्षेष्ठले स्वर्ण पदक जिते भने नेपालकै निश्चल देव गुरुङ्गले रजत पदक जितेका छन् सो तौल समुहमा भारतका अक्षय तोमर र नेपालका शिभम खत्रीले कास्य पदक जितेका छन् ।

यसैगरी जुनियर महिला ४२ केजीमूनिको तौल समूहमा नेपालकी कृतिका कटुवालले नेपालकै चाँदानी खटुनलाई फाइनल खेलमा पराजित गरी स्वर्ण पदक हात परिन् । भने सो तौल समुहमा नेपालकी दिया लाखाजु र भारतकी कस्तुर साइकिया कास्य पदक जितेका छन् ।

महिला ४४ केजी मूनि तौल समुहमा नेपालकी कृतिका थापा मगरले फाइनलमा नेपालकै सम्पदा शिवाकोटीलाई पराजित गरी स्वर्ण पदक जितेकी छन् भने नेपालकै दिपिसा न्यौपाने र कल्पना पाण्डेले कास्य पदक जित्न सफल भए ।

महिला ४६ केजी तौल समुहमा नेपालकी लक्ष्मी गौतामले नेपालकै जुनु राईलाई फाइनलमा पराजित गरी स्वर्ण पदक जितेकि छन् भने नेपालकै करिन डोली र सामिका दाहालले कास्य पदक हात पारे ।

त्यसै गरी महिला ४९ केजी तौल समुहमा नेपालकी सोनिया तामाङ्गले फाइनल खेलमा नेपालकी रोजिसा खड्कालाई पराजित गरी स्वर्ण पदक हात पारे । भने सो तौल समुहमा नेपालकी सामाना विष्ट र सोनाम महत्तोले कास्य पदक जितेका छन् ।

महिला ५२ केजी नेपालकी निर्जला महत्तोले फाइनल खेलमा नेपालकी सुष्म कुमारी नेपालीलाई पराजित गरी स्वर्ण पदक जिते भारतकी कुमारी रितु र नेपालकी दृष्टि तामाङ्ग कास्य पदक जितेका छन् ।

जुनियर महिला ५५ केजि मुन नेपालकी पच्य प्रतिष्ठाले फाइनलमा नेपालकी सिमा तामाङ्गलाई जितेर स्वर्ण पदक हात पारे र नेपालकै तायामी राई तथा निरुषा रानाले कास्य पदक जितेका छन् ।

त्यसै गरी पुम्से विधा तर्फ एक्कल महिला विधामा ५० वर्ष मूनि नेपालका निरु कुमारी मगरले नोपलकी पुनम श्रेष्ठलाई फाइनल खेलमा पराजित गरी स्वर्ण पदक जितेका छिन् भने समुहमा नेपालकी कमला गिरी शाहीले कास्य पदक जिते ।

यसै गरी पुरुष ५० वर्ष माथि नेपालका त्रिलोक सुब्बाले स्वर्ण पदक, नेपालकै विश्वराज राईले रजत पदक जितेका छन् सो समुहमा भारतका पंकज कुमार शर्मा र अनिल कुमारले कास्य पदक जितेका छन् ।

पुरुष पुम्से ५० वर्ष मुनि समुहमा भारतका अमित प्रदानले नेपालका राजकुमार श्रेष्ठलाई फाइनलखेलमा जितेका छन् भने सो समुहमा नेपालका एन्जल राई र मदुसुधन साप्कोटाले कास्य पदक जिते ।

त्यसै गरी पियर पुम्से क्याडेट समुहमा नेपालका सम्रित पण्डित, सृष्टी स्याङ्वा प्रथम स्थान हात पारे भने नेपालकै सुमन तामाङ्ग, युनिषा राना मगरहरुले रजत पदक जितेका छन् । नेपालकै प्रवेश श्रेष्ठ, दिव्य राई, प्रकृती पर्जा, रुजल घावेलले कास्य पदक जिते ।

पियर पुम्सो जुनियर समुहमा नेपालको मियोङ गुरुङ्ग, सचिन वि.कले स्वर्ण पदक जिते भने आयुष माटे र एरिका माझीले रजत पदक हासिल गरेका छन् भने सो समुहमा नेपालकै निरुषा राना र रोनक कुमात केवटले कास्य पदक जितेका छन् ।

पियर पुम्से ५० वर्ष मूनि समुहमा निरु कुमारी मगर र रमन थापाहरुले नेपालकै पुनम श्रेष्ठ र राजकुमार श्रेष्ठलाई फाइनल खेलमा पराजित गरी स्वर्ण पदक हासिल गरेका छन् भने कमला गिरी शाही र प्रेम कुमार दर्लानले कास्य पदक जितेका छन् ।

टिम पुम्से क्याडेट विद्या तर्फ सिम्रन तामाङ, विपना भुजेल, सायना कार्की स्वर्ण पदक जितेका छन् भने अकृती न्यौपाने, विविषा श्रेष्ठ, सिम्रण गुरुङ्गले रजत पदक जिते भने एरिना चौधरी, युनिषा राना मगर, लक्ष्मी न्यौपानेले कास्य पदक जितेका छन् ।

प्रतियोगितामा नेपालसहित २३ राष्ट्र सहभागी छन् । जसमा एक हजार दुई सय खेलाडी सहभागी भएका आयोजक नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जानकारी दिए ।

चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय