News Summary
Generated by OK AI. Editorially reviewed.- सुशील श्रेष्ठले कृषा चौलागाईं निर्देशित फिल्म 'पारस' को शीर्ष भूमिकामा अनुबन्धित भएका छन्।
- निर्देशक चौलागाईंले सुशीलसँगको फोटो सेयर गर्दै 'प्रतिभाशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ' भनेकी छन्।
- फागुन अन्त्यदेखि फिल्म 'पारस' को छायांकन सुरु हुने जनाइएको छ।
काठमाडौं । कृषा चौलागाईंले निर्देशन गर्ने फिल्म ‘पारस’ को शीर्ष भूमिकामा सुशील श्रेष्ठ अनुबन्धित भएका छन् । केही समयअघि नै सुशीलले फिल्म साइन गरेपनि शुक्रबार मात्र यसको औपचारिक घोषण गरिएको हो ।
यसअघि यो फिल्ममा निखिल उप्रेती, निरुता सिंह, जसिता गुरुङ, प्रियंका कार्की अनुबन्धित भैसकेका छन् । पछिल्लो समय एक्सन फिल्ममा चम्किएका सुशीलले चौलागाईंको आगामी एक्सन थ्रीलरमा आफूलाई प्रस्तुत गर्न लागेका हुन् ।
निर्देशक चौलागाईंले सुशीलसँगको फोटो सेयर गर्दै यसको पुष्टि गरेकी छन् । लेख्छिन्, ‘प्रतिभाशाली र आकर्षक श्री सुशील श्रेष्ठलाई हार्दिक स्वागत छ ।’ सुशीलको प्रवेशले फिल्म अझै उत्कृष्ट बन्ने उनको दाबी छ ।

यसअघि सामाजिक कथामा निर्माण भएको फिल्म ‘ऐँचोपैचो’ र एक्सन जनराको फिल्म ‘पिताम्बर’ मा चौलागाईंले काम देखाइसकेकी छन् ।
प्रेमकथामा आधारित यस फिल्मलाई भारतीय पटकथाकार सचिन लादियाले लेखेका हुन् । उनले सन् २०१२ को चर्चित भारतीय फिल्म ‘ग्याङ्स अफ वासेपुर’ को भाग १ र २ को पटकथा लेखनमा सहकार्य गरिसकेका छन् ।
फागुन अन्त्यदेखि फिल्म छायांकन हुने जनाइएको छ ।
प्रतिक्रिया 4