+

टी-२० विश्वकप : समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाको सहज जित

२०८२ फागुन  ८ गते २१:४२ २०८२ फागुन ८ गते २१:४२
टी-२० विश्वकप : समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाको सहज जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह 'बी' को अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई ९ विकेटले पराजित गरेको छ।
  • ओमानले दिएको १०५ रनको लक्ष्य अस्ट्रेलियाले ९.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको थियो।
  • यस समूहबाट जिम्बाबे अपराजित रहँदै सुपर ८ मा पुगेको छ भने श्रीलंका ३ खेल जितेर सुपर ८ मा पुगेको छ।

८ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले ओमानलाई पराजित गरेको छ ।

क्यान्डीस्थित पालेकेले स्टेडियममा भएको समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले ओमानलाई ९ विकेटले पराजित गरेको हो । ओमानले दिएको १०५ रनको लक्ष्य अस्ट्रेलियाले ९.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कप्तान मिचेल मार्शले ३३ बलमा अविजित ६४ रन बनाए । ट्राभिस हेड १९ बलमा ३२ रन बनाएर आउट भए । जोश इङ्लिस १२ रनमा अविजित रहे । ओमानका लागि एकमात्र विकेट शकील अहमदले लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १६.२ ओभरमा अलआउट हुँदै १०४ रन बनाएको थियो । ओमानका लागि वासिम अलीले सर्वाधिक ३२ रन बनाए । कप्तान जतिन्दर सिंहले १७ तथा हम्माद मिर्जाले १६ रन बनाए ।

अस्ट्रेलियाका एडम जाम्पाले ३.२ ओभरमा २१ रन दिएर ४ विकेट लिए । ग्लेन म्याक्सवेल र जेभियर बार्टलेटले २-२ तथा मार्कस स्टोइनिस र नेथन एलिसले १-१ विकेट लिए ।

अस्ट्रेलिया यसअघि आयरल्यान्डलाई हराउँदा जिम्बाबे र श्रीलंकासँग पराजित भएर समूह चरणबाट बाहिरिसकेको थियो । ओमानले भने ४ वटै खेलमा हार बेहोर्‍यो ।

यस समूहबाट जिम्बाबे अपराजित रहँदै सुपर ८ मा पुग्यो भने श्रीलंका ३ खेल जितेर सुपर ८ मा पुग्यो ।

टी-२० विश्वकप २०२६

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय