९ फागुन, काठमाडौं । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई सूचीकरणका लागि अन्तिम मौका दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शनिबार एक सूचना जारी गरी फागुन १५ गतेसम्मका लागि घाइतेको सूचीकरण र वर्गीकरणका लागि अन्तिम मौका दिएको छ ।
स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयको पत्र तथा समन्वय समितिको निर्णयअनुसार घाइतेको सूचीकरण, वर्गीकरण तथा पुनर्वर्गीकरण सम्बन्धी कार्य हालसम्म निरन्तर रहेको बताउँदै लामो समय व्यतीत भइसकेकाले अब अन्तिम मौका दिएको जनाएको छ ।
अब यो अवधिभित्र विधिवत प्राप्त हुनआएका निवेदनहरूको छानबिन गरी घाइतेहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4