News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँ दिल्लीमा तीन दिने इन्डो–नेपाल ट्रेड फेस्टिभल सम्पन्न भएको छ जसले आर्थिक, प्राविधिक र सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखेको छ।
- भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतमा नेपालको पर्यटन प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।
- भारत–नेपाल स्टार्टअप साझेदारीअन्तर्गत ४० नेपाली उद्यमीलाई इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रासमा तालिम प्रदान गरिएको छ र केही उद्यमी इन्क्युबेसनका लागि छनोट भएका छन्।
११ फागुन, काठमाडौं । नेपाल–भारतबीच आर्थिक, प्राविधिक र सांस्कृतिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले नयाँ दिल्लीमा तीन दिने इन्डो–नेपाल ट्रेड फेस्टिभल सम्पन्न भएको छ।
महोत्सवले लगानी प्रवर्द्धन, ऊर्जा साझेदारी, डिजिटल अर्थतन्त्र, पर्यटन, शिक्षा, स्वास्थ्य, युवा सशक्तीकरण र नवप्रवर्तनका क्षेत्रमा सुदृढ सहकार्य जरुरत रहेको औंल्याएको छ । ‘कनेक्टिङ पिपुल, इन्चेन्जिङ बायलेट्रियल ट्रेड’ मूल नारासहित आयोजित महोत्सवलाई नेपाल पर्यटन बोर्ड र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले सहयोग गरेका थिए।
हौज खासस्थित भवनमा सम्पन्न महोत्सवमा ५० भन्दा बढी स्टलहरू राखिएका थिए । महोत्सवलाई सम्बोधन गर्दै भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतमा नेपालको पर्यटन प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

निर्यात संरचनामा विविधीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले सोयाबिन तेल र पाम आयलमा निर्भरता घटाएर अन्य उत्पादन विस्तार गर्नुपर्ने धारणा राखे ।
विशेष अतिथि तथा भारत सरकारका अतिरिक्त सचिव मुनु महावरले भारत–नेपाल स्टार्टअप साझेदारीअन्तर्गत ४० नेपाली उद्यमीलाई इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रासमा तालिम प्रदान गरिएको र केही उद्यमी इन्क्युबेसन तथा लगानीका लागि छनोट भएको जानकारी दिए ।

महोत्सवका क्रममा विभिन्न विषयमा तीन दिनसम्म छलफल तथा परामर्श भएको थियो । दुई देशबीच ऊर्जा साझेदारी, बैंकिङ, फिनटेक र डिजिटल अर्थतन्त्र, पर्यटन, स्टार्टअप बिजनेस लगायतमा हुने सहकार्यबारे परामर्श भएको थियो ।
प्रतिक्रिया 4