+
+
Shares

डीएभीमा चौथो बीसीए कप अन्तर कलेज फुट्सल प्रतियोगिता सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १२ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डीएभी कलेजको आयोजनामा चौथो बीसीए कप पुरुष अन्तर–कलेज फुट्सल प्रतियोगिता १२ फागुनमा सम्पन्न भएको छ।
  • प्रतियोगितामा २८ टोली सहभागी थिए र नागार्जुन कलेज अफ आईटी विजेता बनेको छ।
  • विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

१२ फागुन, काठमाडौं । डीएभी कलेजको आयोजनामा चौथो बीसीए कप पुरुष अन्तर–कलेज फुट्सल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न कलेजका २८ टोलीले सहभागिता जनाएका थिए ।

प्रतियोगिता व्हिजी डेभियन्स र कोग्निटो आईटी क्लबको संयोजन तथा डीएभी कलेजको सहयोगमा आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता डीएभी कलेजका अध्यक्ष अनिल केडियाले गरेका थिए। कार्यक्रममा राष्ट्रिय फुटबल खेलाडी बिकेश कुथु प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै डीएभी कलेज तथा अन्य संस्थाका प्राध्यापक, शिक्षाविद् र अतिथिहरूको उपस्थिति थियो ।

प्रतिस्पर्धात्मक खेलपछि नागार्जुन कलेज अफ आईटी विजेता बनेको छ। विजेता टोलीले नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । पास्कल नेसनल कलेज उपविजेता बन्दै ७५ हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

व्यक्तिगततर्फ नागार्जुन कलेज अफ आईटीका रिशव श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भए भने श्रेयन श्रेष्ठ सर्वाधिक गोलकर्ता बने। उत्कृष्ट खेलाडीको उपाधि पास्कल नेसनल कलेजका आवास योञ्जनले प्राप्त गरे ।

उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि बिकेश कुथु र डीएभी कलेजका अध्यक्ष अनिल केडियाले आईटी विषय अध्ययन गर्ने विद्यार्थीका लागि खेलकुद महत्त्वपूर्ण रहेको बताए । प्रविधिसँग बढी समय बिताउने विद्यार्थीका लागि शारीरिक गतिविधि आवश्यक रहेको उनीहरूको भनाइ थियो। अध्यक्ष केडियाले प्रविधिमुखी जीवनशैलीका कारण खेलकुदको महत्त्व झन् बढेको उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?