+

जय ट्रफीमा बागमती प्रदेश र आर्मीबीचको खेल ‘ड्र’

२०८२ फागुन  १२ गते १७:५८ २०८२ फागुन १२ गते १७:५८
जय ट्रफीमा बागमती प्रदेश र आर्मीबीचको खेल ‘ड्र’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जय ट्रफी क्रिकेटअन्तर्गत मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल ड्र भएको छ।
  • बागमतीले दोस्रो इनिङमा ११७ रनको अग्रता बनाएपछि आर्मीले ५ ओभरमा ४ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा दिनको खेल सकिएको थियो।
  • खेलमा बागमतीका आशुतोष घिरैयाले ७६ र रित गौतमले ५६ रन बनाए भने सन्दीप लामिछानेले ३ विकेट लिए।

१२ फागुन, काठमाडौं । जय ट्रफी क्रिकेटअन्तर्गत मुलपानी क्रिकेट मैदानमा भएको बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीचको खेल ‘ड्र’ भएको छ ।

मंगलबार दोस्रो दिनको खेल सकिँदा कुनैपनि टोलीबाट जितको नतिजा निस्कन सकेन । बागमतीले दोस्रो इनिङमा ११७ रनको अग्रता बनाएपछि तेस्रो सत्रको अन्त्यतिर ११८ रनको लक्ष्य पछ्याउन आएको आर्मीले ५ ओभरमा ४ विकेट गुमाएर ३९ रन बनाएको अवस्थामा दिनको समाप्ति भयो ।

ओपनर तृतराज दासले १६ तथा भीम सार्कीले ११ रन बनाए । कुशल मल्ल ९ रनमा आउट भए । बागमतीका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने बिपिन आचार्यले १ विकेट लिए ।

त्यसअघि दोस्रो इनिङमा ९३ रनले पछाडि परेको अवस्थाबाट बागमती प्रदेशले ३ विकेट गुमाएर २१० रन बनाएपछि इनिङ समाप्तिको घोषणा गरेको थियो ।

बागमतीका लागि आशुतोष घिरैयाले ७६ तथा रित गौतमले ५६ रन बनाए । इशान पान्डेले अविजित ४१ रन बनाए । उत्तम मगरले १३ रन बनाए ।

आर्मीका बसिर अहमदले २ तथा पवन कार्कीले १ विकेट लिए ।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले पहिलो इनिङमा आशुतोष घिरैया र इशान पाण्डेको अर्धशतकमा २५९-७ रन बनाएको अवस्थामा इनिङ घोषणा गरेको थियो ।

आशुतोषले ७७ तथा इशानले ६९ रन बनाए । बिबेक मगरले ३१ रन बनाए । रित गौतम र शुभ कंसाकारले समान २० रन बनाए ।

आर्मीका शाहब आलमले ३ विकेट लिँदा नरेन साउदले २ तथा कुशल मल्ल र बसिर अहमदले १-१ विकेट लिए ।

जवाफमा आर्मीले पनि बलियो योगफल बनायो। आर्मीले ६९.३ ओभरमा ३५२-७ को अवस्थामा इनिङ घोषणा गरेको थियो । भीम सार्कीले ७४ अनि नरेन साउदले ६६ रन बनाए । कप्तान विनोद भण्डारीले ४० रन बनाए ।

बागमतीका रिजन ढकाल र सन्दीप लामिछानेले २-२ तथा बिपिन आचार्य र इशान पान्डेले १-१ विकेट लिए ।

जय ट्रफी क्रिकेट त्रिभुवन आर्मी क्लब बागमती प्रदेश क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय