News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले आगामी निर्वाचनका क्रममा हुने आर्थिक गतिविधिका कारण मुद्रास्फीति केही बढ्ने अनुमान गरेको छ।
- सरकारले चालु आवको बजेटको अर्धवार्षिक समीक्षा मार्फत ३.५ प्रतिशतको आर्थिक वृद्धिदर मात्र प्राप्त हुने अनुमान गरेको छ।
- राष्ट्र बैंकले वित्तीय क्षेत्र विकास रणनीतिको प्रभावकारी कार्यान्वयनले वित्तीय क्षेत्र थप सुढृद, सबल, समावेशी र उत्थानशील बन्ने बताएको छ।
१२ फागुन, काठमाडौं । आगामी निर्वाचनका क्रममा हुने आर्थिक गतिविधिका कारण मुद्रास्फीति केही बढ्ने अनुमान नेपाल राष्ट्र बैंकले गरेको छ ।
मौद्रिक नीति २०८२/८३ को अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले यस्तो बताएको हो । राष्ट्र बैंकले भनेको छ, ‘मुद्रास्फीति अहिले न्यून छ, तर बढ्दो विप्रेषण आप्रवाह र निर्वाचनका क्रममा हुने आर्थिक गतिविधि विस्तार लगायतले समष्टिगत माग वृद्धि भई मुद्रास्फीति केही बढ्ने अनुमान छ ।’
सरकारले चालु आवको बजेटको अर्धवार्षिक समीक्षा मार्फत ३.५ प्रतिशतको आर्थिक वृद्धिदर मात्र प्राप्त हुने अनुमान गरेको छ । वित्तीय क्षेत्रमा न्यून ब्याजदर एवं उच्च तरलता र पर्याप्त विदेशी सञ्चिति रहेकाले लगानी अभिवृद्धि मार्फत दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने दरिलो आधार बनेको राष्ट्र बैंकले बताएको छ ।
सरकारले हालै स्वीकृत गरेको वित्तीय क्षेत्र विकास रणनीतिको प्रभावकारी कार्यान्वयनबाट वित्तीय क्षेत्र थप सुढृद, सबल, समावेशी र उत्थानशील बनाउन मार्गप्रशस्त भएको समेत राष्ट्र बैंकको विश्लेषण छ ।
प्रतिक्रिया 4