+
+
Shares

तालमेल होला भनेर रन्जितलाई तनाव भएको रहेछ, हामी आफ्नै खुट्टामा उभिने हो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते १६:१२

१४ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि निर्वाचन क्षेत्रमा कुनै दलसँग चुनावी तालमेल नगर्ने प्रष्ट पारेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफ्नै खुट्टामा उभिने पनि बताए ।

खासगरी झापा–५ का उम्मेदवार रन्जित तामाङलाई तालमेल हुन लागेको हो कि भन्ने कुराले तनाव भएको र अब त्यस्तो तनाव लिन नपर्ने प्रचण्डको भनाइ थियो ।

‘आज बिहानमात्रै झापा–५ का हाम्रो पार्टीका उम्मेदवार रन्जितसँग फोनमा कुराकानी पनि भएको थियो । भ्रम केही नपाल्नुस्, कुनै सहमति भएको छैन । कुराकानी पनि भएको छैन । यो बाहिर जे मिडियामा कुराकानी आएको छ, यो गलत हो, भ्रामक हो, तपाईं अघि बढ्नुस् भनेर भनिसकेको छु,’ उनले भने ।

दाङ–२ मा पनि त्यसबारे कुनै भ्रम नराख्न उनले भनेका छन् ।

‘निर्मल आचार्य त धेरै पीडित भएको महसुस गरेको होइन । रन्जित तामाङ भने के हुन्छ कि के हुन्छ भनेर तनावमा भएको देखिन्छ । आजदेखि त्यो तनाव मुक्त हुने देखिन्छ । हुँदैन केही । आफ्नै खुट्टामा उभिने हो, म त्यो कुरा क्लिएर गर्न चाहन्छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?