+
+
Shares

पाल्पाका सबै स्थानीय तहमा सार्वजनिक बिदा

कमल अधिकारी कमल अधिकारी
२०८२ फागुन १५ गते १०:३३

१५ फागुन, पाल्पा । ४४ औं मगर एकता दिवसको अवसरमा पाल्पाका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले सूचना जारी गर्दै बिदा दिएका हुन् ।

जिल्लाका मथागढी, निस्दी, पूर्वखोला, बगनासकाली, तिनाउ, रम्भा रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका रामपुर र तानसेन नगरपालिकाले आज एक दिन बिदा दिएका छन् ।

ती पालिकाहरुले पालिकाका कार्यालय र मातहतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक संघसंस्थामा अत्यावश्यक बाहेक सेवा बन्द रहने जानकारी दिएका छन् ।

मगर समुदायको बाहुल्यता रहेको पाल्पामा दिवसको अवसर पारेर पालिका, वडा तथा टोलटोलमा मौलिक सांस्कृतिक झाँकी प्रदर्शनसहित विविध कार्यक्रमहरू हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?