+
+
Shares

विश्वप्रकाश शर्मालेले आज ४ वटा चुनावी सभालाई सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते ९:३५

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आज (शनिबार) चारवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । उनी गुल्मी, अछाम र डोल्पामा आयोजना हुने चारवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा सहभागी भएका उपसभापति शर्माले शनिबार पहिले गुल्मीको कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार गुल्मीबाट उनी डोल्पा जाने छन् । डोल्पापछि अछाममा आयोजना हुने दुई चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उपसभापति शर्मा आजै काठमाडौं फर्किने छन् ।

सचिवालयका अनुसार मध्यान्ह १२ बजे गुल्मीको छत्रदेवमा, दिउँसो १ बजे डोल्पाको जुफालमा, २ बजे अछामको साँफेबगर र ३ः१५ बजे अछामको कमलबजार जाने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?