+
+
Shares

सरकारले भन्यो– मध्यपूर्वका विमानस्थलमा अलपत्र नेपालीलाई त्यहीँ सुरक्षा प्रबन्ध हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १७ गते १८:४४

१७ फागुन, काठमाडौं । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र रहेका नेपालीलाई जहाँ छन् त्यहिँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाइएको जानकारी गराएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तत्काल सबै विमानस्थल बन्द भएकाले फर्काउन वा अघि बढाउन नसकिने निष्कर्ष निकालेको परराष्ट्रमन्त्री बालानन्द शर्माले जानकारी दिए ।

‘अहिलेलाई सबै विमानस्थल बन्द भएकाले कसैलाई फर्काउन र अघि ल्याउन सकिंदैन । अहिले जहाँ छ त्यहीँ सुरक्षा दिएर राख्ने छलफल भएको छ,’ उनले भने ।

साथै, उनले सम्बन्धित मुलुकमा ट्रान्जिटमा परेका नेपाली यात्रुहरूको असुविधाबारे छलफल भएको उनले बताए ।

‘सम्बन्धित मुलुकमा ट्रान्जिटमा परेका नेपाली यात्रुलाई परेको असुविधाबारे छलफल भयो । हरेक देशका राजदूतलाई सम्पर्क गरेर उहाँहरूलाई गन्तव्यमा पुर्‍याउने र जान नसक्नेलाई होटलमा छन्,’ उनले भने ‘सम्बन्धित व्यवसाय दिने कम्पनी अथवा एयरलाइन्सले रेखदेख गर्नेगरी समन्वय भएको छ । अधिकांश नेपालीको स्वास्थ्य, सुरक्षाबारे अहिलेसम्म कुनै हतहाती नभएको अवस्था छ ।’

मध्यपूर्वको तनावाले नेपालमा परेको प्रभाव र आफ्नो देशले कसरी प्रतिक्रिया दिने भन्नेबारे पनि छलफल भएको उनले बताए ।

‘यसबाट नेपालमा परेको प्रभाव, कसरी प्रतिक्रिया दिने र नेपाली नागरिकलाई परेको असर र समाधानबारे छलफल भए,’ उनले भने, ‘नेपालबाट बाहिर जाने विदेशी कामदारलाई नेपालकै अन्तर्राष्ट्रिय विमानस्थलमा परेका समस्या यहीँ समाधान भएको छ । श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयले सहकार्य गरेर समाधान भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?