+
+
Shares

घर-घरमा मतदाता शिक्षा पु‍र्‍याउन सफल भयौं : निर्वाचन आयोग

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १८ गते १७:५०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्वाचन आयोगले ३ फागुनदेखि १७ फागुनसम्म देशभर ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको छ।
  • स्वयंसेवकले मतदातालाई मतदान प्रक्रिया, गोप्य मतदानको महत्व र निर्वाचन आचारसंहिता बारे जानकारी दिएका छन्।
  • निर्वाचन आयोगले ४ फागुनदेखि १८ फागुनसम्म प्रचारप्रसारको समय निर्धारण गरेको र २१ फागुन मतदान हुने जनाएको छ।

१८ फागुन, काठमाडौं । निर्वाचन आयोगले घरघरमा मतदाता शिक्षा पु‍र्‍याउन सफल भएको जनाएको छ ।

निर्वाचन आयोगले ३ फागुनदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको थियो । आइतबारसम्म चलेको मतदाता शिक्षा कार्यक्रम अन्तर्गत आम मतदातालाई सही, तथ्यपरक र उपयोगी जानकारी प्रदान गरिएको छ । जसमार्फत जिम्मेवार र सचेत मतदान संस्कृतिको विकास हुने आयोगको अपेक्षा छ ।

मतदानको कार्यमा आम मतदाताको सहभागीता अभिवृद्धि र बदर मतको संख्या न्यूनीकरण गर्नु मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुने आयोगको अपेक्षा छ ।

मतदाता शिक्षाका लागि आयोगले आम सञ्चार माध्यम, सामाजिक सञ्जाल र स्वयंसेवक परिचालन गरेको थियो ।

देशभरका नगरपालिका तथा गाउँपालिकाका स्थित ६ हजार ७४३ वडामा ३ फागुनदेखि १७ फागुनसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन भएका थिए ।

स्वयंसेवकले मतदाताले मतदान प्रक्रिया, मतपत्रको प्रयोग, गोप्य मतदानको महत्व, निर्वाचन आचारसंहिता तथा गलत एवं भ्रामक सूचनाबाट बच्ने उपायबारे जानकारी दिएका छन् ।

स्थानीय तहको सहभागिता र समुदायको प्रत्यक्ष संलग्नता मार्फत मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको बताउँछिन् निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधर ।

उनी भन्छिन्, ‘फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम अन्तर्गत स्वयमसेविका परिचालन गरेका थियौं । उहाँहरूले घरदैलोमा पुगेर मतदाता शिक्षा दिनुभएको छ ।’

विभिन्न भाषामा समेत मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन् । ‘घर–घरमा मतदाता शिक्षा पुगेको छ’ उनले दोहोर्‍याइन् । यसका आलावा मतदाता शिक्षा सम्बन्धी सामग्री उत्पादन गर्ने र प्रशारण गर्ने काम आयोग आफैँले समेत गरेको उनले जानकारी दिइन् ।

आजदेखि भने मौन अवधि सुरु हुँदैछ । आयोगले यही ४ फागुनदेखि १८ फागुन आज सोमबारसम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । २१ गते मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?