१९ फागुन, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय निर्वाचन सेलले ३२ जनालाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत अफवाह, भ्रम फैलाएको, निर्वाचन विरोधी काम गरेको, आचार संहिता उल्लघंन गरेका जस्ता घटनामा संलग्न भएको आरोपमा प्रहरी प्रधान कार्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलले ३२ जनालाई पक्राउ गरेको हो ।
केन्द्रीय निर्वाचन सेल अन्तर्गत साइबर सेलहरु खडा गरिएको छ । यही साइबर सेलले सातै प्रदेशबाट ३२ जनालाई पक्राउ गरेको हो । कोशी प्रदेशबाट भने एक जना पनि पक्राउ परेका छैनन् ।
मधेश प्रदेशबाट ४ जना पक्राउ परेको केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेले बताए ।
बागमतीबाट ४, गण्डकी प्रदेशबाट १, लुम्बिनीबाट ४, कर्णालीबाट २ जना, सुदूरपश्चिमबाट १ जना र काठमाडौं उपत्यकाबाट १६ जना गरी ३२ जनालाई पक्राउ गरिएको काफ्लेले बताए ।
पक्राउ परेका मध्ये १७ जना छुटेका छन् भने १५ जनालाई हिरासतमै राखेर अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया 4