+
+
Shares

अनुमति नभएका सवारी सडकमै होल्ड (तस्वीरहरू)

अनुमति नपाएका सवारीलाई सडकमै रोकेर राखिएको छ । 

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ फागुन २१ गते ११:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देशभर २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान जारी छ।
  • देशभर सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ र काठमाडौं उपत्यकाका सडक सुनसान छन्।
  • ट्राफिक प्रहरीले अनुमति नलिई सञ्चालन गरिएका सवारीलाई रोक लगाएको छ र साँझ ५ बजेपछि मात्र सञ्चालन गर्न दिइनेछ।

२१ फागुन, काठमाडौं । देशैभर आज प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान जारी छ । आज देशभर सार्वजनिक सवारी सञ्चालनमा भने रोक लगाइएको छ ।  काठमाडौं उपत्यकाका सडक सुनसान छन् । सडकमा अनुमति प्राप्तबाहेकका सवारी सञ्चालन नहोस् भनेर ट्राफिक प्रहरीले जाँचमा पनि कडाइ गरेको छ ।

बिरामी बोकेका गाडी-एम्बुलेन्स, कूटनीतिक नियोगका गाडीलगायत अनुमति पाएका गाडीहरूलाई सञ्चालनमा कुनै रोक लगाइएको छैन । सवारीको संख्या पातलो हुँदा काठमाडौंका सडक सुनसानजस्तै छन् ।

अनुमति नलिई सञ्चालन गरिएका गाडीलाई भने रोक लगाइएको छ। यस्ता सवारीलाई साँझ ५ बजेपछि मात्रै सञ्चालन गर्न दिइनेछ । अनुमति नपाएका सवारीलाई सडकमै रोकेर राखिएको छ । कतिपय मतदान केन्द्रहरू सडकछेउमै भएकोले सडकमा मतदाताहरू लाइन लगाइरहेका छन् ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?