News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुलीमा प्रतिनिधिसभा सदस्य चयनका लागि ३२ प्रतिशत मत खसेको छ र ६५ हजार ३१२ मतदाताले मतदान प्रक्रियामा भाग लिएका छन्।
- जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले भने, 'शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ र मतदाताले उत्साहका साथ भाग लिइरहनुभएको छ।'
२१ फागुन, काभ्रेपलाञ्चोक । प्रतिनिधिसभा सदस्य चयनका लागि भइरहेको मतदानको क्रममा सिन्धुलीमा हालसम्म ३२ प्रतिशत मत खसेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार सिन्धुलीमा ३४ हजार ९४८ महिला र ३० हजार ३६४ पुरुष गरी ६५ हजार ३१२ मतदाता मतदान प्रक्रियामा सहभागी भएका छन् ।
‘अहिलेसम्म कूल मतदाता संख्याको ३२ प्रतिशत मत खसेको छ,’ एसपी सुवेदीले भने, ‘शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ । उत्साहका साथ मतदाताले भाग लिइरहनुभएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4