News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी पुस्ताकी कन्टेन्ट क्रियटर प्रशंसा सुवेदीले म्याग्दी १ निर्वाचन क्षेत्रमार्फत मतदान गरेकी छिन्।
- सुवेदीले मतदान गर्दा चिन्तित, नर्भस र आशावादी महसुस गरेको उल्लेख गरेकी छिन्।
- उनले राजनीतिक विषयमा कन्टेन्ट बनाउँदै नेपालमै बसेको बताएकी छिन्।
जेनजी पुस्ताकी कन्टेन्ट क्रियटर प्रशंसा सुवेदीले मतदान गरेकी छिन् । उनले म्याग्दी १ निर्वाचन क्षेत्रमार्फत मतदान गरेकी छिन् ।
दोस्रो पटक निर्वाचनमा भाग लिएकी सुवेदीले मतदान गर्दा यसपाली केही भिन्न महसुस भएको लेखेकी छिन् ।
‘…मेरो मन भारी थियो, मतदान केन्द्रमा उभिएर म चिन्तित र नर्भस थिएँ, तर साथै आशावादी पनि’ उनले लेखेकी छिन्, ‘मलाई साँच्चै आशा छ कि आज मैले हालेको मतले नेपालको भाग्य राम्रोतर्फ बदल्न मद्दत गर्छ’
कानुनमा स्नातक पढ्दै आइरहेकी उनले राजनीतिक विषयमा समेत कन्टेन्ट बनाउँदै आइरहेकी छिन् । यसले गर्दा उनको एक प्रकारको फ्यानबेस पनि बनेको छ ।
अनलाइनखबरसँगको पछिल्लो अन्तर्वार्तामा उनले अस्ट्रेलिया नगई नेपालमै बसेको बताएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4