News Summary
Generated by OK AI. Editorially reviewed.- कास्की क्षेत्र नम्बर ३ को मतगणना सुरु भई ६५ हजार ४०७ मत खसेको छ।
कास्की क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । कास्की–३ मा १ लाख ७ हजार ५६० मतदाता रहेकोमा ६५ हजार ४०७ मत खसेको छ ।
कास्की–३ मा नेकपा एमालेले २०७९ मै विजयी दामोदर पौडेल बैरागीलाई दोहोर्याएको छ भने नेपाली कांग्रेसबाट मनोज गुरुङ प्रतिस्पर्धामा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बिना गुरुङलाई उम्मेदवार बनाएको छ । उनी गण्डकी प्रदेशमै रास्वपाबाट टिकट पाउने एकमात्र महिला उम्मेदवार हुन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल गिरी उम्मेदवार रहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अर्जुन खनालसहित अन्य सबै गरेर १५ जना प्रतिस्पर्धी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4