+
+
Shares

रूपन्देही २ मा ठूलो मतान्तरले पछि परे विष्णु पौडेल

रुपन्देही २ मा तिलोतमा नगरपालिका १ बाट मतगणना गर्न सुरु गरिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते ४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलले एमाले उपाध्यक्ष विष्णु पौडेललाई दुई हजार बढी मतले पछि पारेका छन्।

२२ फागुन, काठमाडौं । रूपन्देही २ मा पूर्वअर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई पछि परेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेलले फराकिलो मतान्तरले पछि पारेका छन् । अहिलेसम्मको मत गणना अनुसार सुलभले पौडेललाई दुई हजार बढी मतले पछि पारेका छन् ।

खरेलले २७८१ मत प्राप्त गर्दा पौडेलले जम्मा ७०९ मत पाएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल) ले ३०५ मा ल्याएर पछ्याइरहेका छन् ।

रुपन्देही २ मा तिलोतमा नगरपालिका १ बाट मतगणना गर्न सुरु गरिएको थियो । यो क्षेत्रमा उनीहरू बाहेक नेपाली कम्युनिस्ट पार्टीका विश्वदीप पाण्डे, जनता समाजवादी पार्टीका दीपक गुरूङ, जनमत पार्टीका रमेश लोध सहित ३९ जना प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?