२२ फागुन, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ र २ को मतगणना सम्बन्धी व्यवस्थापन मिलाउन वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा सर्वदलीय बैठक सुरु भएको छ ।
बैठकमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, सम्बन्धित निर्वाचन अधिकृत तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता छ ।
मतगणना सुरु गर्न आवश्यक समय तालिका, मतगणना स्थलको व्यवस्थापन, सुरक्षा प्रबन्ध लगायतका विषयमा बैठकमा छलफल हुने निर्वाचन कार्यालयले जनाएको छ।
बैठकबाट आवश्यक निर्णय भएपछि सोही आधारमा मतगणना प्रक्रिया अघि बढाइने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4