+
+
Shares

रास्वपाको जनलहर सुशासन र समृद्धि पूरा गर्न शान्त विद्रोह : बाबुराम भट्टराई

प्रारम्भिक मत परिणाम आइरहँदा डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १३:०६
फाइल तस्वीर

२२ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा देखिएको जनलहरलाई सुशासन र समृद्धिको आकांक्षा पूराका आम जनताको शान्त विद्रोह रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अर्थ्याएका छन् ।

प्रारम्भिक मत परिणाम आइरहँदा डा. भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘ऐतिहासिक जेनजी विद्रोहपछिको विशिष्ट परिस्थितिमा सम्पन्न आम निर्वाचनमा नवोदित दल रास्वपाको पक्षमा देशव्यापी जनलहर पैदा भएको छ । यो मूलतः सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नका लागि आमजनताको शान्त विद्रोहको अभिव्यक्ति हो भनेर सबैले स्वीकार्नै पर्ने हुन्छ,’ भट्टराईले उल्लेख गरेका छन् ।

उनले रास्वपालाई बधाई पनि दिएका छन् ।

‘देशमा लामो समयदेखि विद्यमान आन्तरिक अर्थ–राजनीतिक र बाह्य भू–राजनीतिक चुनौतिहरूको कुशल व्वस्थापन गर्दै जनताका ती जायज आकांक्षा छिटो पूर्ति गर्न रास्वपा र त्यसको नेतृत्व टिमलाई पूर्ण सफलता मिलोस् हार्दिक शुभकामना,’ भट्टराईले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?