२२ फागुन, नवलपुर । नवलपुरका दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् ।
नवलपुर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजन गौतमले फराकिलो अग्रता लिएका छन् ।
गैंडाकोट नगरपालिका-५ जनक मावि मतदान केन्द्रको मतपेटिका मतगणना गर्दा उनले फराकिलो अग्रता लिएका हुन् । उनले २ हजार ७० मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले ६ सय ३० मत प्राप्त गर्दा नेकपा एमालेका भागिरथ सापकोटाले १ सय ५४ मत प्राप्त गरेका छन् ।
त्यस्तै नवलपुर क्षेत्र नम्बर-२ मा पनि रास्वपाका मनिस खनालले सुरुवाती अग्रता लिएका छन्।
बौदिकाली गाउँपालिका-१, २ को २ हजार ३ सय ७० मत गणना गर्दा रास्वपाका खनालले ९ सय ५२ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा एमालेका तिलक महतले ८ सय ५३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका ओम घर्ती मगर ४ सय ५१ मत गरेका छन् ।
प्रतिक्रिया 4