+
+
Shares

बैतडीमा रास्वपाको सुरुवाती अग्रता, पछ्याउँदै कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले ५२८ मत गणनामा १७६ मत ल्याएर अग्रता बनाएका छन्।
  • नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १६७ मत ल्याएर हरिमोहन भण्डारीलाई पछ्याइरहेका छन्।
  • बिहीबार सम्पन्न निर्वाचनमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए र मतगणना दिउँसो साढे एक बजेपछि सुरु गरिएको हो।

२२ फागुन, बैतडी । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता बनाएको छ । ५२८ मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले १७६ मत ल्याएका छन् ।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले १६७ मत ल्याएर पछ्याइरहेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले ९७ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार परमान्नद भट्टले ३९ मत ल्याएका छन् ।

यहाँ दिउँसो साढे एक बजेपछि मतगणना सुरु गरिएको हो । बिहीबार सम्पन्न निर्वाचनमा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?