+
+
Shares

राजनीतिशास्त्री सुचेता प्याकुर्‍यालको विश्लेषणमा प्रारम्भिक चुनावी रुझान

रास्वपाले यही लहर कायम राखे ऊ संसद्‍मा दुई तिहाइ हाराहारीमा हुन सक्ने छ । प्याकुर्‍यालले यी पार्टीले ल्याएको मत विश्लेषण गर्दै अनलाइनखबरसँग यो कुराकानी गरेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते २३:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले ६ सिट जितेको र १ सय ६ सिटमा अग्रता रहेको छ, प्रायः धेरै ठाउँमा विशाल मतान्तरसहित अग्रस्थानमा छ।
  • कांग्रेसले अहिलेसम्म ३ सिट जितेको र १० सिटमा अग्रता रहेको भए पनि रास्वपासँग ठूलो मतान्तर छ।
  • एमालेले १५ सिटमा अग्रता राखेको छ र शीर्षस्थ नेता बढारिने पक्का छ, आगामी संसदमा ५–६ भन्दा बढी पार्टी नहुने सम्भावना छ।

२२ फागुन, काठमाडौं । जारी मतगणनाबीच अनलाइनखबरले राजनीतिशास्त्री सुचेता प्याकुर्‍यालसँग यो कुराकानी गरेको छ । यो ब्रिफिङ तयार पार्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ सिट जितेको छ, १ सय ६ सिटमा अग्रता छ । प्राय: धेरै ठाउँमा विशाल मतान्तर सहित रास्वपा अग्रस्थानमा छ ।

विशेष महाधिवेशनपछि बदलावको सन्देश लिएर मतदातासामु गएको कांग्रेसले आमसमुदायमा त्यो सन्देश विस्तार गर्न सकेन । कांग्रेस अहिलेसम्म ३ सिट जितेको छ, १० सिटमा अग्रता सहित दोस्रो स्थानमा देखिए पनि रास्वपासँग अन्तर ठूलो छ । सभापति गगन थापा सर्लाही–४ मा नै दबाबमा छन् भन्ने हाम्रो टिमको आन्तरिक बुझाइ छ ।

यो चुनावले सर्वाधिक धक्का दिएको छ एमालेलाई । अहिलेसम्म एमाले १५ सिटमा अग्रताको स्थानमा छ । अन्तिम परिणाम आउँदासम्म, अनि समानुपातिकतर्फको मत गन्दासम्म एमालेले केही सन्तोषजनक स्थान बनाउन सक्छ ।

तर, २०७९ को चुनावमा पपुलर भोटमा एक नम्बर बनेको एमालेका अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल सहित अधिकांश शीर्षस्थ नेता बढारिने पक्कापक्की छ ।

प्रचण्डले रुकुमपूर्वमा चुनाव जितिसकेका छन् भने नेकपाका अर्का एक उम्मेदावार पनि विजयी भइसकेका छन् । ८ उम्मेदवार अग्रतामा छन् ।

कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको यो चुनावमा उल्लेख्य प्रभाव देखिँदैन ।

क्षेत्रीय पार्टीहरू २०६४ को चुनावपछि पहिलोपल्ट अस्तित्वको संघर्षमा छन् । २०७९ मा उदाएको सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी नेतृत्वको नाउपा समेत उही संघर्ष भोगिरहेका छन् ।

आगामी संसद्‍मा ५–६ भन्दा बढी पार्टी नहुने सम्भावना देखिन्छ ।

रास्वपाले यही लहर कायम राखे ऊ संसद्‍मा  दुई तिहाइ हाराहारीमा हुन सक्ने छ । प्याकुर्‍यालले यी पार्टीले ल्याएको मत विश्लेषण गर्दै अनलाइनखबरसँग यो कुराकानी गरेकी हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?