२२ फागुन, कपिलवस्तु । कपिलवस्तु–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन लाल आचार्यले अग्रता लिइरहेका छन् ।
आचार्यले ५२५० मत सहित अग्रता लिइरहँदा स्वतन्त्र उम्मेदवार आशिष शर्मा र नेपाली कांग्रेसका अतहर कमाल मुसलमानले पछ्याइरहेका छन् । शर्माले ४,१०७ र मुुसलमानले ४,०३९ मत पाएका छन् ।
शर्मा कांग्रेस नेता दीपकुमार उपाध्यायका छोरा हुन् । पार्टी निर्णय विपरीत छोरालाई बागी उम्मेदवार बनाएको भन्दै कांग्रेसले उपाध्यायलाई कारबाहीको निर्णय गरेको छ ।
हालसम्मको नतिजा हेर्दा शर्माको बागी उम्मेदवार नपर्दा कांग्रेसका मुसलमानले अग्रता लिने प्रष्ट हिसाब निस्कन्छ । तर मत बाँडिदा रास्वपालाई लाभ पुगिरहेको छ ।
यो क्षेत्रमा राप्रपाका शत्रुघन बिलास सिंह कुर्मीले ७७३, नेकपाका कृष्णबहादुर कुँवरले ७०८, जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ६६६ र नेकपा एमालेका विश्वास प्रसाद चौधरीले ५८० मत पाएका छन् ।
प्रतिक्रिया 4