News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित हुने भएका छन्।
- काठमाडौं २ मा रास्वपा उम्मेदवार सुनिल केसीले कांग्रेसका कविर शर्मालाई १९ हजार मतले पछि पारेका छन्।
- काठमाडौं १ देखि १० सम्मका सबै क्षेत्रमा रञ्जु न्यौपाने, राजुनाथ पाण्ड, पुकार बम, सस्मित पोखरेल, शिशिर खनाल, गणेश पराजुली, विराजभक्त श्रेष्ठ, डोलप्रसाद अर्याल र प्रदिप विष्ट निर्वाचित भएका छन्।
२३ फागुन, काठमाडौं । काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित हुने भएका छन् ।
९ वटा क्षेत्रको नतिजा आइसकेको छ भने काठमाडौं २ मा रास्वपा उम्मेदवार सुनिल केसी निर्वाचित हुने निश्चितजस्तै छ ।
काठमाडौं १ मा रञ्जु न्यौपाने(दर्शना) निर्वाचित भएकी छन् । काठमाडौं २ मा सुनिल केसीले निकटतम प्रतिस्पर्धी कांग्रेसका कविर शर्मालाई १९ हजार मतले पछि पारेका छन् ।
काठमाडौं ३ मा राजुनाथ पाण्ड, काठमाडौं ४ मा पुकार बम निर्वाचित भइसकेका छन्। काठमाडौं ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल निर्वाचित भएका छन् ।
काठमाडौं ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । काठमाडौं ९ मा डोलप्रसाद अर्याल र १० मा प्रदिप विष्ट निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4