+
+
Shares

सुदूरपश्चिमका १६ क्षेत्र : रास्वपा १०, एमाले र कांग्रेसको ३/३ मा अग्रता

जनक विष्ट जनक विष्ट
२०८२ फागुन २३ गते ८:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ र राष्ट्रिय स्वतन्त्र पार्टीले १० क्षेत्रमा अग्रता लिइरहेको छ।
  • नेकपा एमालेले बझाङ, अछाम–१ र २ मा तथा नेपाली कांग्रेसले दार्चुला, डोटी र बाजुरामा अग्रता लिएका छन्।
  • कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीका विभिन्न क्षेत्रमा रास्वपाका उम्मेदवारले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन्।

२३ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनको मतगणना भइरहेको छ ।

जारी गणनाअनुसार सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० क्षेत्रमा अग्रता लिइरहेको छ । तीन क्षेत्रमा एमाले, तीन क्षेत्रमा नेपाली कांग्रेसको अग्रता रहेको छ । निर्वाचन आयोगकाअनुसार कैलालीका पाँच वटा, कञ्चनपुुरका तीन वटा, डडेल्धुरा र बैतडीमा रास्वपाका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

बझाङ, अछाम–१ र २ मा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । दार्चुला, डोटी र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता छ । कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवालीले १५ हजार २१ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई नेपाली कांग्रेसका जनकराज चौधरीले ९ हजार ७१७ मतसहित पछ्याइरहेका छन् । यहाँ मतगणना लगभग अन्तिम चरणमा पुगेको छ ।

कैलाली–२ मा रास्वपाका केपी खनालको अग्रता छ । खनालले ३ हजार ३०७ मतसहित अग्रता लिँदा उनलाई नेकपा एमालेका सूर्यबहादुर थापाले दुई हजार १२२ मतसहित पछ्याउँदैछन् ।

कैलाली–३ मा पनि रास्वपाकै जगतप्रसाद जोशी ११ हजार ५५७ मतसहित अगाडि छन् । नेकपाका बिरमान चौधरी ७ हजार ५४५ मतसहित दोस्रो स्थानमा छन् । कैलाली–४ मा रास्वपाका खेम कोइरालाले ९ हजार ६४ मतसहित फराकिलो अग्रता बनाएका छन् । कांग्रेसका गोरखबहादुर विष्टले ३ हजार ४०१ मत र एमाले उपमहासचिव समेत रहेका लेखराज भट्टले २ हजार ७८८ मत ल्याएका छन् ।

कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता छ । कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी १३ हजार ५९३ मतको फराकिलो मतान्तरले अगाडि छन् । नेकपाकी बिना मगरले ४ हजार ९२१ मत पाएकी छन् भने एमालेका तारा लामा तामाङले ४ हजार ७०९ मत पाएका छन् ।

क्षेत्र नम्बर २ मा रास्वपाका दिपक बोहरा फराकिलो मतान्तरले अगाडि छन् । बोहराले २२ हजार ६२२ मतले अग्रता बनाउँदा कांग्रेसका एनपी साउदले सात हजार ४०१ मत ल्याएका छन् । क्षेत्र नम्बर ३ मा रास्वपाकै ज्ञानेन्द्र सिंह महता १० हजार १८९ मतसहित अगाडि छन् । कांग्रेसका हरि बोहरा र एमालेका डा. दिपकप्रकाश भट्ट धेरै पछाडि छन् ।

डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशीले पनि फराकिलो मतले अग्रता लिएका छन् । जोशीले ८ हजार ९०९ मतसहित अग्रता लिइरहँदा नेपाली कांग्रेसका नैनसिंह महर ५ हजार ५६६ मतले पछ्याइरहेका छन् । बैतडीमा पनि रास्वपाका हरिमोहन भण्डारीको अग्रता छ । भण्डारीले ५ हजार ४०१ मतसहित अग्रता लिँदा उनलाई एमालेका दामोदर भण्डारीले ४ हजार ७०२ मतले पछ्याइरहेका छन् ।

नेकपा एमालेले बझाङमा अग्रता लिएको छ । एमालेका ऐन महरले १५ हजार ९६२ मतसहित अग्रता लिइरहदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १४ हजार १२५ मतसहित पछ्याउँदैछन्।

अछामका दुई वटा क्षेत्रमा पनि एमालेका उम्मेदवारको अग्रता छ । क्षेत्र नम्बर १ मा सुुरुवातदेखि अग्रता बनाइरहेका नेकपा भीमबहादुर रावललाई थोरै मतले पछि पार्दै एमालेका दिपक साउदले अग्रता लिएका छन् । साउदले ६ हजार ३२१ मतले अग्रता लिँदा रावलले ६ हजार ८५ मतले पछ्याउँदैछन् । अछाम–२ मा भने सुरुवातदेखि एमालेका यज्ञ बोगटीले अग्रता कायमै राखेका छन् ।

बोगटीले ३ हजार ५४ मतले अग्रता लिँदा कांग्रेसका पुष्पबहादुर शाहले १ हजार ९१३ मत ल्याएका छन् । नेपाली कांग्रेसले डोटीमा अग्रता लिइरहेको छ । मतगणनाको सुरुदेखि अग्रता लिएका एमालेका दिपक धामीलाई पछि पार्दै कांग्रेसका भरत खड्काले अग्रगता बनाएका छन् । खड्काले १२ हजार ८९६ मतसहित अग्रता लिँदा धामीले ११ हजार ८७६ मतसहित पछ्याइरहेका छन् ।

दार्चुलामा पनि कांग्रेसको अग्रता छ । कांग्रेसका धर्मानन्द जोशीले ६ हजार ३६३ मतसहित अग्रता लिँदा एमालेका गणेश ठगुन्नाले ६ हजार १३९ मतले चुनौती दिइरहेका छन् । बाजुरामा नेपाली कांग्रेसका जनक राज गिरीले ४ हजार ५७४ मतसहित अग्रता लिएका छन् । उनलाई एमालेका लालबहादुर थापाले तीन हजार २४५ मतसहित पछ्याउँदैछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?