+
+
Shares

समानुपातिकको १० लाख मत गणना हुँदा कसको कति ?

प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अत्याधिक सिट जित्ने देखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २३ गते २२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक मत गणनामा ५ लाख १२ हजार २१५ मत प्राप्त गरी सबैभन्दा बढी मत पाएको छ।
  • प्रत्यक्षतर्फ रास्वपाले ७६ स्थानमा जित हासिल गरेको छ भने ४६ स्थानमा अग्रता लिइरहेको छ।
  • समानुपातिक निर्वाचनमा कुनै पनि दलले देशभरीबाट सदर मतको तीन प्रतिशत प्राप्त गर्नुपर्ने नियम छ।

२३ फागुन, काठमाडौं । प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अत्याधिक सिट जित्ने देखिएको छ ।

समानुपातिकको १० लाख २ हजार १८ मत गणना हुँदा रास्वपाले ५ लाख १२ हजार २१५ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले १ लाख ७२ हजार १७५ मत पाएको छ । नेकपा एमालेको १ लाख ३६ हजार १७६ मत छ ।

नेपाली कम्युनिष्ट पार्टीको ६९ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३७ हजार २४१ र श्रम संस्कृति पार्टीको १८ हजार ४८७ छ ।

राष्ट्रिय परिर्वतन पार्टीले १४ हजार १६६ मत ल्याएको छ । पूर्व मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक तर्फ राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिह्न बाँसुरीमा भोट मागेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को ४ हजार ४२३, एकल चिह्न जाँतोको ३ हजार ५४२, जनता समाजवादी पार्टी नेपालको ३ हजार ३७२ र नेपाल मजदुर किसान पार्टीको ३ हजार २८२ मत छ ।

समानुपातिकबाट निर्वाचत हुन कुनै पनि दलले देशभरीबाट सदर मतको तीन प्रतिशत मत प्राप्त गर्नुपर्दछ ।

प्रत्यक्ष तर्फ शनिबार राती १० बजेसम्म रास्वपा ७६ स्थानमा विजयी भएको छ भने ४६ स्थानमा अग्रता लिइरहेको छ । कांग्रेसको ११ जित ७ अग्रता, एमालेको ४ जित ८ अग्रता र नेपाली कम्युनिष्ट पार्टीको ३ जित र ५ स्थानमा अग्रता छ ।

राप्रपाले एक स्थानमा जितेको छ भने स्वतन्त्र उम्मेदवार महावीर पुन म्याग्दीबाट निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीले ३ स्थानमा अग्रता लिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?