+
+
Shares

डोल्पाबाट चौथोपटक निर्वाचित भए नेकपाका धनबहादुर

डोल्पामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ५:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर बुढा ६ हजार ८ सय २ मत ल्याएर विजयी भएका छन्।
  • उनले एमालेका लंकबहादुर रोकायलाई १ हजार ४ सय ६ मतले पराजित गरेका छन्।
  • धनबहादुर बुढा यसपटक लगातार चौथोपटक डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

२४ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पामा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा ६ हजार ८ सय २ मत ल्याई उनी नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायसँग १ हजार ४ सय ६ मतान्तले विजयी भएका हुन् ।

पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका उम्मेदवार एमालेका उम्मेदवार रोकायले ५ हजार ३ सय ९६ मत ल्याएर पराजित भएका छन् ।

त्यसैगरी नेपाली काङ्ग्रेसका उम्मेदवार कर्णबहादुर बुढाले २ हजार ९ सय ४७ मत प्राप्त गरेर तेस्रो भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देव सिँह ऐडीले १ सय ८१ मत,राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हरि प्रसाद डाँगीले ९२ मत,स्वतन्त्र उम्मेदवार ओमेन्द्र बहादुर केसीले ५४ मत प्राप्त गरेका छन् ।

त्यसैगरि प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार बिकास बुढाले २१ मत,उज्यालो नेपाल पार्टीका उम्मेदवार दिलबहादुर विष्टले ११ मत र मितेरी पार्टी नेपालकी उम्मेदवार जुनु भन्डारीले २ मत प्राप्त गरेकी छन् ।

विजयी उम्मेदवार बुढा यसपटकलाई लगातार चौथोपटक डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यसपटक डोल्पामा नेपाली काङ्ग्रेसबाट उम्मेदवार बनेका सह-महामन्त्री सहोदर दाइ कर्णबहादुर बुढालाई पनि पराजित गरेर उनले चौथो जित निकालेका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?