News Summary
Generated by OK AI. Editorially reviewed.- सङ्खुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अर्जुनकुमार कार्की र रास्वपाका मिङ्मा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ।
- हालसम्मको मतगणनामा कार्कीले ६ हजार ६ सय ४३ मत पाएका छन् भने शेर्पाले ५ हजार ९ सय ९१ मत प्राप्त गरेका छन्।
- जिल्लामा १५ दलका र एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् र मतपेटिका कडा सुरक्षामा राखिएको छ।
२४ फागुन, संखुवासभा । सङ्खुवाखुवासभा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिङ्मा शेर्पाले मत अन्तर घटाउन थालेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की र रास्वपाका उम्मेदवार मिङ्मा शेर्पा बीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
हालसम्मको मतगणनामा कार्कीले ६ हजार ६ सय ४३ मत प्राप्त गरेका छन् । उनलाई रास्वपाका शेर्पाले ५ हजार ९ सय ९१ मतले पछ्याय रहेका छन् । एमालेका कार्की र रास्वपाका शेर्पाबीचको ६ सय ५२ मतान्तर रहेको छ ।
त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले ३ हजार ८ सय ८६ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले ३ हजार २३ मतका साथ चौथो स्थानमा छिन् ।
नेपाली कम्युनिस्ट पार्टी नेकपाकी सरिता थापाले ८ सय ४४ मत र राष्ट्रिय परिर्वतन पार्टीका घनश्याम वालिङ राईले ३ सय १३ मत प्राप्त गरेका छन् ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा हालसम्म २२ हजार ३ सय २८ मत गणना भइसकेको छ । अहिलेसम्म मादी, धर्मदेवी र चैनपुर नगरपालिका गणना भइसकेको छ ।
गणनास्थलमा सिसी क्यामेरा र तारजालीसहितको सुरक्षा व्यवस्था रहेको छ । मतपेटिकालाई जिल्ला समन्वय समितिको भवनमा कडा सुरक्षाबीच राखिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लामा १५ दलका र एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिक्रिया 4