News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार भुइँकटहरको मूल्य थोकमा प्रतिगोटा न्यूनतम १५० देखि अधिकतम १६० रुपैयाँ निर्धारण गरेको छ।
- आज कालीमाटी बजारमा भुइँकटहरको औसत मूल्य १ सय ५५ रुपैयाँ कायम छ।
२६ फागुन, काठमाडौं । बजारमा भुइँकटहरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुइँकटहरको भाउ बढेको देखाएको हो ।
आज मंगलबार कालीमाटी बजारमा भुइँकटहर थोकमा प्रतिगोटा न्यूनतम १५० देखि अधिकतम १६० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै औसत भने १ सय ५५ रुपैयाँ कायम छ ।
हिजो सोमबार भने भुइँकटहर थोकमा प्रतिगोटा न्यूनतम १४० देखि अधिकतम १५० र औसत १ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।
भुइँकटहर बजारमा बाह्रै महिना उपलब्ध हुने व्यवसायी बताउँछन् । भुइँकटहर नेपालमा तराई भेगमा उत्पादन हुन्छ । त्यहाँको उत्पादन कम हुने हुँदा धेरै परिमाणमा भारतबाट आयात हुने गरेको कालीमाटीका व्यवसायी बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4