News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाले इरानको महिला फुटबल टोलीका पाँच खेलाडीलाई शरण दिने निर्णय गरेको छ।
- अस्ट्रेलियाका गृहमन्त्री टोनी बुर्कले ती खेलाडीलाई अस्ट्रेलियामा सुरक्षित बस्न अनुमति दिएको बताए।
- इरान फर्किएमा ती खेलाडीलाई 'युद्धकालीन देशद्रोही' भनेर कारबाही हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
२६ फागुन, काठमाडौं । अस्ट्रेलियाले इरानको महिला फुटबल टोलीका पाँच खेलाडीलाई शरण (आश्रय) दिने निर्णय गरेको छ। इरान फर्किएपछि सजाय हुन सक्ने डरका कारण उनीहरूलाई अस्ट्रेलियामा बस्न अनुमति दिइएको हो।
अस्ट्रेलियाका गृहमन्त्री टोनी बुर्कले सोमबार पत्रकार सम्मेलनमा ती खेलाडीलाई अस्ट्रेलियामा सुरक्षित रूपमा बस्न सक्ने जानकारी दिएको बताए। ‘खेलाडीहरू यहाँ सुरक्षित छन् र अस्ट्रेलियामै बस्न चाहे स्वागत छ’ उनले भनेका छन् ।
शरण पाउने खेलाडीहरूमा टोलीकी कप्तान जाहरा गनबारी, मिडफिल्डर फातेमे पसान्दिदे, जाहरा सर्बाली अलिसा, मोना हामोदी र डिफेन्डर अतेफे रामेजानिदे छन्।
यी खेलाडीहरू महिला एसियन कप फुटबल खेल्न अस्ट्रेलिया पुगेका थिए। प्रतियोगिताको पहिलो खेलअघि उनीहरूले इरानको राष्ट्रिय गान नगाएपछि उनीहरू विवादमा परेका थिए। इरानको सरकारी सञ्चारमाध्यमले उक्त कदमलाई ‘अपमानको चरम सीमा’ भन्दै आलोचना गरेको थियो।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिसले पाँच खेलाडीले सहयोग मागेपछि उनीहरूलाई सुरक्षित स्थानमा राखिएको बताए। अन्य खेलाडीलाई पनि आवश्यक परेमा सहयोग उपलब्ध गराइने उनले बताएका छन्।
यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अल्बानेसीसँग फोनमा कुराकानी गरेका थिए। ट्रम्पले ती खेलाडीलाई इरान फर्कन बाध्य बनाइए मानवीय गल्ती हुने भन्दै अस्ट्रेलियालाई शरण दिन आग्रह गरेका थिए।
मानवअधिकारकर्मीहरूले भने इरान फर्किएमा ती खेलाडीलाई ‘युद्धकालीन देशद्रोही’ भनेर कारबाही हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।
-अलजजीराबाट
प्रतिक्रिया 4