+

दक्षिण अफ्रिकाका चार तथा वेस्ट इन्डिजका नौ खेलाडी स्वदेश प्रस्थान, बाँकी प्रस्थानको तयारीमा

२०८२ फागुन  २७ गते १५:२२ २०८२ फागुन २७ गते १५:२२
दक्षिण अफ्रिकाका चार तथा वेस्ट इन्डिजका नौ खेलाडी स्वदेश प्रस्थान, बाँकी प्रस्थानको तयारीमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले टी–२० विश्वकप २०२६ सकिएपछि दक्षिण अफ्रिका र वेस्ट इन्डिज टोलीका सदस्यहरूको स्वदेश फर्कने नयाँ यात्रा तालिका सार्वजनिक गरेको छ।
  • दक्षिण अफ्रिकाका चार खेलाडी र पाँच परिवार सदस्यहरू उडान चढेर फर्किरहेका छन् भने बाँकी २९ सदस्य २४ घण्टाभित्र प्रस्थान गर्ने आईसीसीले जनाएको छ।
  • वेस्ट इन्डिजका नौ सदस्यहरू क्यारेबियनतर्फ प्रस्थान गरिसकेका छन् र बाँकी १६ सदस्य भारतबाट १२ घण्टाभित्र स्वदेश फर्कने व्यवस्था गरिएको छ।

२७ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० विश्वकप २०२६ सकिएपछि स्वदेश फर्कने क्रममा रहेका टोलीहरूको यात्राबारे नयाँ जानकारी सार्वजनिक गरेको छ।

आईसीसीका अनुसार दक्षिण अफ्रिकाका चार खेलाडी र पाँच जना परिवारका सदस्यहरू उडान चढेर स्वदेश फर्कने क्रममा छन् भने टोलीका बाँकी २९ सदस्य आगामी २४ घण्टाभित्र प्रस्थान गर्ने तालिका रहेको छ।

यसैबीच वेस्ट इन्डिजका नौ सदस्यहरू क्यारेबियनतर्फ प्रस्थान गरिसकेका छन्। बाँकी १६ सदस्य भने भारतबाट आगामी १२ घण्टाभित्र उडानमार्फत स्वदेश फर्कने व्यवस्था गरिएको आईसीसीले जनाएको छ।

अप्रत्याशित रूपमा भएको यात्रा अवरोधका कारण उत्पन्न भएको अतिरिक्त व्यवस्थापन, जस्तै आवास लगायतका सबै व्यवस्थापन आईसीसीले समन्वय गरिरहेको जनाएको छ।

साथै आईसीसीले दक्षिण अफ्रिका र वेस्ट इन्डिजका खेलाडी, परिवार र व्यवस्थापन टोलीले देखाएको धैर्यताप्रति धन्यवाद व्यक्त गरेको छ।

विश्वकपको सेमिफाइनलबाट बाहिरिएको दक्षिण अफ्रिका तथा सुपर ८ बाट बाहिरिएको वेस्ट इन्डिज टोली मध्यपूर्वको तनावका कारण भारतमै रोकिएका थिए ।

आईसीसी टी-२० विश्वकप २०२६ दक्षिण अफ्रिका क्रिकेट मध्यपूर्व तनाव वेस्ट इन्डिज क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय